ताजा अपडेट

मल्कबाङ्गमा भारी हिमपात

म्याग्दीका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रबार साँझदेखि जिल्लाको अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ। हिउँ परेपछि किसान भने हर्षित भएका छन् । हिउँ पर्दा खेतीपाती राम्रो हुने भएपछि किसान खुसी भएका हुन् । यद्यपि,वृद्धवृद्धा, बालबालिकालाई भने हिउँले गर्दा अप्ठ्यारो बनाएको छ। हिउँ परेसँगै... पुरा पढ्नुहोस

म्याग्दीमा १२ बर्षपछि भारी हिमपात (फोटो फिचर)

बेनी १२ माघ । म्याग्दीमा भारी हिमपात भएको छ । १२ बर्षपछि यहाँ तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको हो । २०६३ साल फागुनमा जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो । गयराती परेको बर्षासंगै सदरमुकाम बेनी आसपासका डाँडाहरु समेत हिमपातले सेताम्मे भएका छन् । हिमपातले अधिकाँश ग्रामीण सडकमा यातयात... पुरा पढ्नुहोस

आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस

विप्लब निकट अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्षमा खड्का चयन

म्याग्दी, ११ माघ । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू –क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो । सम्मेलनबाट उपाध्यक्षमा सुश्मा शेच्चुरी,... पुरा पढ्नुहोस

भकिम्लीका कृषकलाई किवीका बिरुवा वितरण

बेनी ११ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा व्यवसायिक किबी खेती विस्तारका लागि कृषकहरुलाई निशूल्क बिरुवा वितरण गरिएको छ ।  केही वर्षअघि परिक्षणका लागि गरिएको किबी खेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले कृषकहरुलाई निशूल्क किबीका बिरुवा वितरण गरेको हो । ४२ घरधुरी कृषकहरुलाई ८१५ वटा कलमी गरिएका किबीका... पुरा पढ्नुहोस

आगोलागीबाट एक घर जलेर नष्ट

बेनी ११ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको छ । घारको तोपेचौर स्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँच कोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको हो । अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी–घोडेपानी खण्डमा पर्ने सो घरमा खड्काले एक्सीलेन्ट भ्यु... पुरा पढ्नुहोस

मृगौला पिडितलाई सहयोग

  बेनी १० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको आरवाङका बान्दिाले मालिका गाउँपालिका ६ दुखुका मृगौला पिडित मिलन रोकाको उपचारका लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आरवाङको प्रगति युवा कल्वको नेतृत्वमा स्थानीयबासीबाट संकलित चालीस हजार २५० र कल्वको चार हजार ७५० रुपैयाँ मिलनका भाई नविनलाई बिहीबार... पुरा पढ्नुहोस

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो

बेनी १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ ।स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको... पुरा पढ्नुहोस

पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान

म्याग्दी, १० माघ  ।    पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै... पुरा पढ्नुहोस

सडकमै चालकको प्रेसर र आँखा परिक्षण

बेनी १० माघ । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा... पुरा पढ्नुहोस