बेनी शिवालयको अधिवेशन

  • २८ चैत्र २०७५, बिहीबार
  • 1545 पटक पढिएको

बेनी २८ चैत । बेनी नगरपालिका ७ मा रहेको बेनी शिवालय मन्दिर संरक्षण समितिको बुधबार बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट पुनः बिक्रम श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा दलप्रसाद श्रेष्ठ, सचिवमा सुन्दर केसी, कोषाध्यक्षमा पूर्णबहादुर जिसी र सहसचिवमा पूर्णबहादुर खड्का रहनुभएको छ । सदस्यहरुमा गोपाल भट्टचन, सिता भण्डारी, हरिकला सापकोटा, अर्जुन पौडेल, हरिमाया श्रेष्ठ र देवी श्रेष्ठ चयन हुनुभएको छ ।

साधारणसभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ऐतिहाँसिक र धार्मिक महत्वको बेनी शिवालय बेनीको महत्वपूर्ण सम्पदा भएको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, समितिका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, लोकदिप आवासीय माविका अध्यक्ष नैनकुमार श्रेष्ठ, पण्डीत दण्डपानी उपाध्याय, तावा गुरु सुर्वणकुमार श्रेष्ठ, विश्व हिन्दु महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्य र महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतादेवी बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समितिका अध्यक्ष बिक्रम श्रेष्ठको अध्यक्षता र सचिव सुन्दर केसीले सञ्चालन गर्नुभएको कार्यक्रमको उपाध्यक्ष दलप्रसाद श्रेष्ठले समापन गर्नुभएको थियो भने कोषाध्यक्ष पूर्णबहादुर जिसीले १८ लाख ७५ हजार रुपैयाँ बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।