अन्नपूर्णका महिला अगुवाहरुलाई उद्घोषणकला तालिम

  • २८ चैत्र २०७५, बिहीबार
  • 2460 पटक पढिएको

 

सुरेन गुरुङ
पोखरेबगर २८ चैत । अन्नपूर्ण गाउँपालिकाको ठूलो बगरमा बुधबार तीन दिने उद्घोषणकला तालिम सम्पन्न भएको छ ।अन्नपूर्ण गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा चैत २५ गतेदेखि तालिम सुरु भएको थियो । तालिममा गाउँपालिकाका ८ वटै वडाका ३७ जना अगुवा महिलाहरुको सहभागिता थियो ।

महिलाहरुको बोल्ने कलाको माध्यमबाट क्षमता तथा नेतृत्व विकासमा सहयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिमका रमेशकुमार श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।तालिमको समापनका क्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले महिलाहरु आफ्नो हक अधिकारको उपभोगमा अग्रसर बन्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरको अध्यक्षता र महिला तथा बालबालिका शाखाका प्रमुख तुलसी पाइजाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा, जिल्ला समन्वय समितिका सदस्य गौमायाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।