ताजा अपडेट

जिल्लाको विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ सहयोग

धिरन खत्री म्याग्दी, १४ चैत । म्याग्दी जिल्लामा विभिन्न समयमा हुने दैविक प्रकोपलाई ब्यवस्थापन तथा उद्धार गर्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाकाे  श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो । मोना म्याग्दीको सचिवालय बेनीमा आयोजना गरिएको... पुरा पढ्नुहोस

कृषिमा बैंकहरुको लगानी न्यून

धिरन खत्री म्याग्दी, १४ चैत । नेपालको विकास आधार कृषि, पर्यटन र जलस्रोत भन्ने सबैलाई थाहा छ । यीनै तिन तत्व म्याग्दीको जिल्लाको जनताको आयस्तर बृद्धिको प्रमुख आधार मानिन्छ । नेपालको भूगोल र हावापानीले जनताको प्रमुख रोजगारीको आधार कृषिनै पहिलो आधार देखिन्छ । सरकारले कृषि खेती गर्ने कृषकहरुलाई थोरै ब्याजदरमा... पुरा पढ्नुहोस

हिउँ पन्छ्याउँदै विकास निर्माणको काममा जुटे गुर्जाली

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय हिउँ पन्छ्याउँदै विकास निर्माणमा जुटेका छन् । गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जामा यो बर्ष भारी हिमपातको कारण अहिलेसम्म पनि हिउँ पूर्ण रुपमा नपग्लीएकाले स्थानीयले हिउँ पन्छ्याएरै भएपनि विकास निर्माणमा जुटेका हुन् । वडाको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजन भएका योजनाहरुको... पुरा पढ्नुहोस

बोलेरो दुर्घटनामा घाईते एकजनालाई थप उपचारका लागि पोखरा

म्याग्दी १३ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउदै गरेको ग १ ज ६९७०... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना, मन्त्री पुनद्धारा उदघाटन(फाेटाे फिचर)

बेनी १३ चैत । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले... पुरा पढ्नुहोस

जन्मलगत्तै आमा गुमाएकी बालिकाको लागि मोना क्षेत्रीय समिति नागोयाद्धारा आर्थिक सहयोग

कमल खत्री म्याग्दी, १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानी घर भई रोजगारिको शिलसिलामा जापानमा मृत्युबरण गरेकी एक युवतीको नवजात शिशुको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । नागोयामा रहेका दिनेश दर्जीको पत्नी प्रमिलाले बच्चाको जन्म दिएपछि उनको मृत्यु भएकाले उनको... पुरा पढ्नुहोस

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस

बेनीमा रेडियो म्याग्दीको आयोजनामा प्रथम पर्यटन महोत्सव हुने

कमल खत्री बेनी, १२ चैत । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि बैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुन लागेको हो । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु... पुरा पढ्नुहोस

निर्माण व्यवसायिको कारण मोटरेवल पुल अलपत्र

बेनी, १२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखको स्वाँतखोलामा सुरु भएको मोटरेबल पुल अलपत्र परेको छ । निर्माण व्यवसायिले योजनालाई अधकल्चो बनाएका छन् । तत्कालिन जिल्ला विकास समितिले ठेक्का मार्फत वि.स २०७३ असोज ६ गते सुरु गरेको आर्क प्रबिधिको स्वाँतखोला मोटरेबल पुल सम्झौता अनुसार एक वर्ष अघिनै सकिनुपर्ने थियो... पुरा पढ्नुहोस

विप्लवका तीन कार्यकर्ता पक्राउ, विना सर्त रिहाई गर्न इञ्चार्ज श्रीसको माग

बेनी, १२ चैत । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । सो पार्टीका जिल्ला जनसरकार संयोजक जगेन्द्र बहादुर पुन (जगत) सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सो पार्टीको युवा संगठनका जिल्ला सदस्य मालिका गाउँपालिका–६... पुरा पढ्नुहोस