ताजा अपडेट

सरकारले भष्ट्रचार संस्थागत गरायो : संग्रौला

धिरन खत्री म्याग्दी, २२ चैत । नेपाली काग्रेस केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले कम्युनिष्ट नेतृत्व सरकारले भष्ट्रचार संस्थागत गराईसकेको आरोप लगाएकी छन् । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत म्याग्दी आएकी संग्रौलाले पत्रकार सम्मेलनमा सरकारको वाइडबडी खरीदमा भएको अनियमिततामा छानविन र मेलम्ची खानेपानी लगायतको विकासको काममा भएको... पुरा पढ्नुहोस

नेकपाको बेनी नगरमा केसी र थापा

बेनी २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका र वडा कमिटिहरुको एकता प्रक्रिया सकिएको छ । नेकपा पार्टी कार्यालयमा बिहीबार भएको भेलाले शेरबहादुर केसी अध्यक्ष र राजकुमार थापा सचिव रहेकोे ५७ सदस्यीय नगर कमिटि गठन गरेको छ । केसी पूर्व माओवादी केन्द्र र थापा पूर्व एमालेका नेता हुनुहुन्छ... पुरा पढ्नुहोस

उपचारका लागि सहयोग

  बेनी २२ चैत । ओमकुमारी शान्ति कोषले धवलागिरी गाउँपालिका ७ धारापानीकी एक महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सरबाट थलिएर चितवनमा उपचाररत धारापानीकी ओमकुमारी उपाध्यायको उपचारका लागि परिवारको कमजोर आर्थिक अवस्थाका कारण समस्या भएपछि कोषले दश हजार रुपैयाँ सहयोग गरेको हो । बेनीमा बिहीबार मोना हङकङका... पुरा पढ्नुहोस

चिमखोलामा एकिकृत घुम्ति शिविर सुरु

सन्दिप शर्मा चिमखोला २१ चैत । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा कोष, जिल्ला प्रशासन कार्यालयको आयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयसम्म... पुरा पढ्नुहोस

पर्वतमा प्रथम सडक खाना महोत्सव हुने

बेनी, २१ चैत । ‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ पर्वतको सदरमुकाम कुस्मामा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसीजको आयोजनामा यही चैत ३० गतदेखि २०७६ साल बैशाख २ गते सम्म सडक खानो महोत्सव हुन लागेको हो । पर्वत जेसीजको आथिथ्यता र म्याग्दी जेसीजको आयोजनामा... पुरा पढ्नुहोस

मन्त्री थापाद्धारा पदमार्ग उद्घाटन्

  दर्मीजा २० चैत । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका ४ दर्मीजामा निर्माण भएको पदमार्गको उद्घाटन गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा निर्माण भएको पदमार्गको एकिकृत घुम्ति शिविरको शिलशिलामा चिमखोला जाने क्रममा बुधबार मन्त्री थापाले उद्घाटन गरेकी हुन् । पदमार्ग उद्घाटनपछि मन्त्री थापाले दग्नाम, दर्मीजा,... पुरा पढ्नुहोस

फोनिज म्याग्दीको प्रथम जिल्ला भेला

बेनी, २० चैत । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला गरेका हुन् । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरेको छ । संयोजक राम्जाली मगर सहित समितीको सदस्यहरुमा... पुरा पढ्नुहोस

पर्वत बेनी र मल्लाजमा पनि सहकारी दिवस मनाइयो

  बेनी २० चैत । जलजला गाउँपालिकाको पर्वत बेनी र मल्लाजमा पनि बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।पर्वत बेनीको नवकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बगरफाँट, लामाखेत र मिलनचोकका अन्य दश भन्दा बढी सहकारी संस्थाहरुको सहआयोजनामा संयुक्त रुपमा दिवस मनाइएको हो... पुरा पढ्नुहोस

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न

म्याग्दी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बेनी नगरपालिका स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगितामा माउण्ट एभरेष्ट आवासिय माविकी रक्षा सुवेदी प्रथम, गलेश्वर आदर्श... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकास्थित मौवाफाँटमा पनि सहकारी दिवस मनाईयो

चन्द्र खड्का बेनी २० चैत । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँस्थित रहेको मौवाफाटँ बचत तथा ऋृण सहकारी संस्थाले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६२ औ राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।रघुगंगा गाउँपालिकामा रहेका मौवाफाँट बचत तथा ऋण सहकारी, मिलन महिला बचत तथा ऋण सहकारी संस्था राखु भगवती, पिप्ले महिला विकास बहुद्देश्यीय... पुरा पढ्नुहोस