ताजा अपडेट
रुममा नेकपाको पूर्ण बैठक सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
बेनी ९ जेठ । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्जीको सञ्चालनमा... पुरा पढ्नुहोस
चट्याङ लागेर राम्चेमा एक घर जल्यो
- 6 बर्ष, 8 महिना अगाडि
- ९ जेष्ठ २०७६, बिहीबार
बेनी ९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा चट्याङ पर्दा एक घर जलेर नष्ट भएको छ । काफलडाँडाको उन्नेचौरमा बुधबार अपराहन्न परेको चट्याङ्ले स्थानीय दुधीमाया गर्बुजाको घर जलेर नष्ट भएको हो । चट्याङ परेलगत्तै भएको आगोलागीबाट खरले छाएको एक तले घरको सबै सामग्री जलेर नष्ट भएको स्थानीय शिक्षक... पुरा पढ्नुहोस
स्वच्छ दूध उत्पादन तालिम
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । बेनीमा बुधबार तीन दिने विज्ञ केन्द्र स्तरीय स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा २४ जना गाइभैसीपालक कृषकहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका सदस्य शेरबहादुर केसीले जिविकाको... पुरा पढ्नुहोस
दुई बालबालिकाले म्याग्दी बालगृहमा आश्रय पाए
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । अनाथ तथा समस्यामा परेका दुई जना बालबालिकाले बेनीमा रहेको म्याग्दी बालगृहमा आश्रय पाएका छन् । मालिका गाउँपालिका ५ देविस्थानकी ६ वर्षीया मनिषा सुनार र मंगला गाउँपालिका १ पूर्णगाउँका ८ वर्षीय इन्द्रबहादुर भण्डारीलाई मंगलबारदेखि नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रय दिइएको हो । सुनारका बुवाको मृत्यु भएको... पुरा पढ्नुहोस
प्रितीसंग युद्ध लडेपछि ढकालले सम्झनासंग गरे प्रेम (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
म्याग्दी, ८ वैशाख । म्याग्दीका कलाकार नकुल ढकालले साँगेतिक क्षेत्रमा ब्याटल गित मार्फत माफुलाई चिनाउन थालेका छन् । केही समय अघि चर्चित गायिका प्रिती आले र गायक ढकालले उखान युद्ध बजारमा ल्याएका थिए । उखान युद्धको चर्चा सकिन नपाउँदै गायक ढकालले योगेश काजि र सम्झना लामिछाने मगरसंगको सहकार्यमा प्रेमयुद्ध ब्याटल... पुरा पढ्नुहोस
दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् ।धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको... पुरा पढ्नुहोस
जिल्ला समन्वय समितिद्धारा जिल्लाव्यापि अनुगमन सुरु (फोटो फिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
कमल खत्री म्याग्दी, ८ जेठ । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो । प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका... पुरा पढ्नुहोस
बिम र निस्कोटमा नेकपाको सपथ
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
बेनी ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिकाको बिम र निस्कोटमा पूर्ण बैठक सम्पन्न भएको छ । बिममा मंगलबार र निस्कोटमा सोमबार भएको वडा संगठन कमिटिको पूर्ण बैठकमा जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ गराइएको छ । बिममा वडा कमिटिका अध्यक्ष बुद्धीबहादुर... पुरा पढ्नुहोस
दग्नाममा लिंगो जुधाई (फोटोफिचर)
- 6 बर्ष, 8 महिना अगाडि
- ८ जेष्ठ २०७६, बुधबार
म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा कान्छी गाउँको अग्लो रहेकाे थियो । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको भएपनि... पुरा पढ्नुहोस
मालिकामा बाल सञ्जालको अध्यक्षमा गौतम चयन
- 6 बर्ष, 8 महिना अगाडि
- ७ जेष्ठ २०७६, मंगलवार
साधन राम्जाली म्याग्दी, ७ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति... पुरा पढ्नुहोस