विद्यालय सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम

  • ६ असार २०७६, शुक्रबार
  • 2345 पटक पढिएको

 

बेनी ६ असार । धवलागिरी गाउँपालिका–७ शिवाङमा विपद् जोखिम न्युनीकरण तथा विद्यालयमा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको समन्वय, गुड नेवर्स इन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संगम म्याग्दीद्धारा संचालित सामुदायिक विकास परियोजना अन्तरगत दुई दिन सम्म सञ्चालन भएको तालिममा २५ वटा विद्यालयका प्रअ तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

म्याग्दी जिल्लाकै प्रकोपको हिसावले जोखिम तथा प्रतिकार्यका दृष्टिकोणले कमजोर स्थिती रहेको धवलागिरी गा.पा का विद्यालयहरुको सम्रग रुपमा विपत जोखिम न्युनिकरण तथा वृहत सुरक्षा योजना निर्माण गर्ने उद्धेश्य सहित विद्यालयको क्षमता अभिवुद्धि गर्न तालिम आयोजना गरिएको हो ।

उक्त तालिममा विपद जोखिमको अवस्था पहिचान गरी भविष्यमा हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागि योजनावद्ध तरिकाले अगाडि वढाउन सचेतना मुलक क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखाका संयोजक गिरीप्रसाद छन्त्यालले वताउनुभयो ।

कार्यक्रमको गुड नेवर्स इन्टरनेशनल नेपालका द्रोण जि.सी. र टुपेन्द्र खुलालले सहजिकरण गर्नुभएको थियो । विद्यालयमा विपद् नक्सांकन, योजना निर्माण, प्रतिकार्य सामाग्री बाकस सहयोग, विपद् सम्बन्धी जानकारी मुलक होर्डीङ बोर्डहरु स्थानिय स्तरमा राखीने परियोजनाका शिक्षा अधिकृत चन्द्रप्रकाश बुढाले जानकारी गराउनुभयो ।