ताजा अपडेट
दरवाङ–म्याग्दीखोलालाई वन क्षेत्र प्रयोग गर्न अनुमती
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
बेनी १९ बैशाख । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले वन क्षेत्रको प्रयोग गर्ने अनुमति पाएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई मन्त्री परिष्दको बैठकबाट राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको हो ।सरकारका प्रवत्ता सूचना तथा सञ्चार मन्त्री... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरीको सक्रियता
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
बेनी १९ बैशाख । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको प्रहरी बिटले विकृति र दुव्यसनी न्युनीकरणका लागि सक्रियता बढाएको छ । बागलुङ र बेनीका लागू औषध दूव्र्यसनीहरुले दुई जिल्लाको सिमा क्षेत्रमा पर्ने रत्नेचौरलाई अखडा बनाउन थालेपछि गस्ति र निगरानि बढाइएको प्रहरी बिटका प्रमुख प्रहरी नायव निरिक्षक प्रेमप्रसाद शर्माले बताउनुभयो । उहाँका... पुरा पढ्नुहोस
सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
धीरन खत्री, म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै... पुरा पढ्नुहोस
पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
कमल खत्री म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो । टोड्के हिल रिसोर्ट प्रालिले करिब ३... पुरा पढ्नुहोस
नांगीका युवाहरुद्धारा सामुहिक कृषि उद्यम सुरु ( फोटो फिचर)
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
बेनी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका युवाहरु सामुहिक उद्यममा अग्रसर भएका छन् । वैदेशिक रोजगारको विकल्पमा गाउँको खेतियोग्य जमिनको सदुपयोग गरि स्वरोजगार बनेर आयआर्जन सुधार गर्न सामुहिक कृषि उद्यम सुरु गरेका हुन् । विदेशबाट फर्कीएका, देशका विभिन्न सहरमा बस्ने र गाउँमै रहेका चार जना युवाहरु मिलेर नांगीमा... पुरा पढ्नुहोस
श्रमिक दिवसका अवसरमा सञ्चारकर्मी सम्मानित
- 6 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
म्याग्दी, १९ बैशाख । एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो । श्रमिक दिवसका अवसरमा पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रमका विच... पुरा पढ्नुहोस
मंगलाका महिलालाई क्षमता विकास तालिम
- 6 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०७६, बुधबार
बेनी १८ बेनी । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा महिलाहरुको क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालीममा पाँच वटै वडाका ५२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । जेष्ठ... पुरा पढ्नुहोस
घरभित्र पसेको भन्दै दलित प्रअमाथि कुटपिट, संलग्नलाई कारबाहीको माग
- 6 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०७६, बुधबार
म्याग्दी १८ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा कुटपिट भएको छ । गत बैशाख ५ गते जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले कुटपिट गरेका थिए । रोका र जुग्जालीले कुटपिट... पुरा पढ्नुहोस
बेनीमा मजुदर दिवस मनाइयो : मजदुरको अझै भएन सामाजिक सुरक्षाको ग्यारेन्टी
- 6 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०७६, बुधबार
धिरन खत्री , म्याग्दी, १८ बैशाख । १३० औँ अन्तराष्ट्रिय श्रमदिवसको अवसरमा बुधबार बेनीमा बाजागाजासहित विभिन्न कार्यक्तम गर्दै मजदुर दिवस मनाईएको छ । नेपाल टे«ड युनियन महासंघ ( जिफन्ट) म्याग्दीको आयोजनामा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको उपस्थितमा विश्वभरका मजदुर एक होऔँ भन्ने नारालाई प्रवाह गर्दै मजदुर दिवस बेनीमा मनाईएको थियो... पुरा पढ्नुहोस
ढिस्कोले पुरिएर मजदुरको ज्यान गयो
- 6 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०७६, बुधबार
म्याग्दी १८ बैशाख । म्याग्दीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गएको छ ।बेनी नगरपालिका ६ चुत्रेनीमा ग्यावीयन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दीया नगरपालिका–४ ठाकुरद्धाराका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना अन्तरगत ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस