ताजा अपडेट

बेनीमा राँके जुलुस

बेनी २७ कात्तिक । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटेर भारतले नयाँ नक्सामा समायोजन गरेको विरोधमा नेपाली काँग्रेसेको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) र तरुण दलले बेनीमा राँके जुलुस गरेको छ । भारतद्धारा अतिक्रमित भूमी फिर्ता माग गर्दै नेबि संघ र तरुण दलले सरकारलाई कुटनितिक पहल गर्न दबाद... पुरा पढ्नुहोस

सुत्केरी भएको दिन आमाको मृत्यु

म्याग्दी, २६ कात्तिक । यातायातको पहुचँ नपुगेको म्याग्दीको धौवलागिरि गाउँपालिका– २ लुलाङमा एक सुत्केरी आमाको मृत्यु भएको छ । लुलाङ निवासी ३० बर्षकी सतिकला विकको सुत्केरी भएको १२ घण्टा नवित्दै मंगलबार दिउसो मृत्यु भएको हो । गएराति १२ बजेर ५३ मिनेट समयमा विकले लमसुङ स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भएर छोराको... पुरा पढ्नुहोस

होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

धिरन खत्री म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल... पुरा पढ्नुहोस

यस्तो हो नेपालको खास नक्सा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक... पुरा पढ्नुहोस

एउटै बोकाको मुल्य ३ लाख ? (फाेटाे कथा)

म्याग्दी, २५ कत्तिक । एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा विक्रि गर्नुभएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा विगत ६ बर्षदेखि व्यवसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका कृषक आनन्द रिजालले शुद्ध बोयर बोका... पुरा पढ्नुहोस

मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य

थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस

वन्यजन्तु सरंक्षणमा स्थानीय सरकारको वेवास्ता

धिरन खत्री म्याग्दी, २५ कात्तिक । जिल्लामा वन्यजन्तु संरक्षणमा स्थानीय सरकारले कुनै नीति तथा कार्यक्रम लिएका छैन्न । बनजंगलमा रहेका दुर्लभ वन्यजन्तु तथा बनस्पतिको संरक्षणमा स्थानीय सरकारले नीति तथा कार्यक्रममा ध्यान नदिएका हुन् । भौगोलिक रुपमा ठुलो पाखा र हरियाली वन रहेको म्याग्दीमा बन्यजन्तुको अवस्था तथा संरक्षणमा कुनै योजना तथा... पुरा पढ्नुहोस

आलेख : म्याग्दीका ग्रामीण सडक ‘मृत्यु मार्ग’ बन्दै

कमल खत्री बेनी, २४ कात्तिक । कात्तिक १५ र १७ गते मालिका गाउँपालिकाको रुम र बिममा भएका दुई सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो । सडक दुर्घटनाको मुख्य कारण भने साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडक संगै क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकको लापरबाही र पुराना सवारी साधन रहेको पाइएको... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा मल्लाजमा निशूल्क आँखा शिविर आयोजना

बेनी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा आगामी मंसिर १, २ र ३ गते निःशूल्क आँखा उपचार तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा हुने शिविरमा जलजला गाउँपालिका संगै छिमेकी म्याग्दीका विभिन्न... पुरा पढ्नुहोस

पर्यटकको आकर्षणमा यारुजु भ्यूपोइन्ट

म्याग्दी, २४ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्ट पर्यटकहरुको आकर्षणमा परेको छ। दशै तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरु ३ हजार ७५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्यूपोइन्टमा पुग्ने गरेका छन् । थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनि गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण... पुरा पढ्नुहोस