२८ औँ अपाङ्गता दिवसमा विविध कार्यक्रम

  • १७ मंसिर २०७६, मंगलवार
  • 3147 पटक पढिएको

म्याग्दी १७ मंसिर । जिल्लामा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ अपाङ्गता दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा “पहुँचयोग्य भविश्य, बनाउनेछौ अवश्य” भन्ने रहेको छ । स्थानीय तहको सहयोगमा अपांग संघ, सञ्जाल लगायत विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सहयोगी सामग्री वितरण लगायत कार्यक्रमको आयोजना गरेर दिवस मनाएका हुन् ।बेनी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, अपांग संघको आयोजनामा बेनीमा ¥यालीले बजार परिक्रमा गरिएको थियो ।

¥यालीपछि आयोजित कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले अपाङ्गता भएका नागरिकको सबै क्षेत्रमा पहुँच बढाउनुपर्नेमा जोड दिएकी थिइन ।क्षमता, सिप विकास र आयआर्जनका कार्यक्रम मार्फत अपांगता भएका नागरिकको अधिकार कार्यान्वयनमा बजेटको ब्यवस्थापन गरेको बताइन । अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, सुरेन्द्र केसीको सञ्चालन र वौद्धिक अपांगता अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराललाले अपाङ्गता भएका नागरिकको अधिकार र त्यसको कार्यान्वयनको अवस्था तथा गर्नुपर्ने पहलको विषयमा अभिमुखीकरण गरेका थिए । सो कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले मन्तब्य व्यक्त गरेका थिए ।

बेनी नगर कार्यपालिका सदस्य गोरी दर्जी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष अमर बानिया, धवलागिरी मावि सिंगाका प्रअ दण्डपाणी सापकोटा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा र अपांग उत्थान समाज पर्वतका सचिव जमुना आचार्यले पनि शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा बेनी नगरपालिका, सामाजिक विकास मन्त्रालय र अपांग संघले पाँच÷पाँच जनालाई एक एक थान ह्वील चियर, बैशाखी र सेतो छडी उपलब्ध गराएको थियो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले वौद्धिक अपांग र बहिरा विद्यार्थीहरुबीच भएको खेलकुदमा बिजयीलाई पुरस्कार वितरण गरेको थियो ।

 

धौलागिरी माविको बहिरा र बालजागृतिको वौद्धिक अपांगता स्रोत कक्षाका विद्यार्थीहरुलाई कार्यक्रममा बेनी ल्याउन र लैजाने म्याग्दी यातायात प्रालिले सहयोग गरेको थियो । मंगला गाउँपालिकाको बाबियाचौरमा पनि २ नम्बर वडाका कार्यबाहक अध्यक्ष चक्रलाल पाण्डेको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको प्रमुख आतिथ्यता र कम्प्युटर अपरेटर सिजन रोकाको सञ्चालनमा अपंगता दिवस मनाइएको छ ।

मंगला माविका निमित्त प्रअ झलकनाथ शर्मा, शिक्षा शाखाका संयोजक डेकबहादुर बानिया र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले मन्तब्य व्यक्त गरेका थिए । महिनावारीका समयमा छात्रा विद्यालय नआउने समस्या हटाउन मंगला माविलाई एक सय थान सेनेटरी प्याड उपलब्ध गराइएको थियो । यसैगरी रघुगंगा गाउँपालिकाको मौवाफाँटमा पनि ¥याली र सहयोगी सामग्री वितरण गरेर दिवस मनाइएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिजीजा, वडा अध्यक्ष जिवन मल्लको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

मालिका गाउँपालिकाको दरवाङमा प्रमुख प्रशासकीय अधिकृत सुर्यलाल विश्वकर्मा, वडा अध्यक्ष रेशम जुग्जाली लगायतको उपस्थितिमा दिवस मनाइएको थियो ।