मुस्ताङमा एक भारतीय पर्यटकको मृत्यु

  • १८ मंसिर २०७६, बुधबार
  • 1574 पटक पढिएको

 मुस्ताङ, १८ मंसिर । मुस्ताङमा एक भारतीय पर्यटकको अल्टिट्युड सिक्नेसका कारण मृत्यु भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको होटलमै मृत्यु भएको हो ।
अपरान्ह सवा एक बजे नाडुको लेक लागेर मृत्यु भएको जनाइएको छ । मृतकको स्थायी ठेगाना भारतको छत्तीसगण राइपुर भएको प्रहरीले उल्लेख गरेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।