म्याग्दीमा प्रेस संगठनको नेतृत्व चयन

  • १९ मंसिर २०७६, बिहीबार
  • 1574 पटक पढिएको

 

म्याग्दी,१९ मंसिर । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन म्याग्दीको नेतृत्व र कमिटि चयन भएको छ । बेनीमा बुधबार भएको संयुक्त भेला तथा बैठकबाट कमल खत्री संयोजक र प्रताप बानिया सहसंयोजक रहेको १३ सदस्यीय प्रेस संगठनको कार्यसमिति चयन भएको हो ।समितिका सदस्यहरुमा अमित विश्वकर्मा, धिरन खत्री, श्रीकृष्ण भुषाल, बामदेव रिजाल, पदम विश्वकर्मा, भुपेन बानिया, समिर रोका, सन्दिप शर्मा, शिव बोहोरा, ममता बराइली र प्रिया कार्की रहेका छन् ।

प्रेस संगठनका केन्द्रीय सदस्य प्रकाश पौडेलको अध्यक्षता र सन्तोष गौतमको सञ्चालनमा भएको भेलामा तत्कालीन दुवै संगठनका सदस्यहरुको उपस्थिति थियो । भेलामा नेकपा म्याग्दीका कार्यालय सदस्य तथा प्रचार विभाग प्रमुख बालकृष्ण सुवेदीले पत्रकारिताको संरक्षण र प्रर्वद्धनमा प्रतिवद्धता जनाएका थिए ।सुवेदीले म्याग्दीका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एकतावद्ध बनाउन, सञ्चार माध्यम र समाचारलाई खोजमुलक एवम् प्रभावकारी बनाउन संगठनले ध्यान दिन आग्रह गरेका थिए ।

राज्यका गतिबिधिको निगरानी बढाउन, स्वच्छ आलोचना गर्न र रचनात्मक सञ्चार सामग्री मार्फत जिल्लाका समस्याको उठान तथा समाधानमा प्रेस संगठनले नेतृत्व गर्नुपर्ने बताए । कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा प्रेस संगठनका नेता सुरज केसीले पत्रकारिताप्रति आकर्षण बढाउन र टिकाउन जोड दिएका थिए ।