ताजा अपडेट

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।  पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ । “अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको... पुरा पढ्नुहोस

आठौँ म्याग्दी महोत्सव पुस २८ गतेदेखि

बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ  ।आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका... पुरा पढ्नुहोस

बेनी– अर्थुङ्गे–बाँसबोट सडक स्तराेन्नती

म्याग्दी, २३ मङ्सिर । बेनी–पुलाचौर  सडकखण्ड अन्तरगत  पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय... पुरा पढ्नुहोस

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा निक्षेप ४२ करोड... पुरा पढ्नुहोस

२२ औँ जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाइ

२२ औं अन्तरमावि  जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम बेनीको खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा  बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर : काभ्रेभिरमा सडक विस्तार

म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङररक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको... पुरा पढ्नुहोस

चिमखोलामा स्वास्थ्यचौकी भवन उद्घाटन (फोटो फिचर)

म्याग्दी , २१ मङ्सिर । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसीयाली मनाएका छन् । गाउँपालिका र संघीय सरकारको रु १ करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुइतले सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको हो । भवन निर्माण भएर... पुरा पढ्नुहोस

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ। ­ थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो। थासाङ–२... पुरा पढ्नुहोस

पाँच दशकपछि जब शिष्यहरुले गुरुलाई अभिनन्दन गर्न पुगे ….(फोटो फिचर)

म्याग्दी १९ मङ्सिर । बेनी नगरपालिका– ७ महारानीथान निवासी ८१ बर्षिय पण्डित नीलकण्ठ आचार्य आफ्नो पेसाबाट पहिलो पटक अभिनन्दन हुँदा खुसीले दङ्ग हुनुभयो । आफुले पाँच दशक अघि पढाएका विद्यार्थीहरुले सामूहिक रुपमा अभिनन्दन गरेपछि पण्डित आचार्यमा खुसी संगै भावुकता छायो । बुधवार बेनी नगरपालिका– ९ गलेश्वरमा तत्कालिन गलेश्वर संस्कृति पाठशालाका... पुरा पढ्नुहोस

बेनी–पाखापानी सडक : घतान क्षेत्रमा सडक स्तरोन्नति गरिँदै

म्याग्दी । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग रु १० करोड १६ लाख एक हजार तीन सय ६४ मा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण... पुरा पढ्नुहोस