ताजा अपडेट

कोरोना संक्रमणको जोखिम : बेनीमा हुन लागेको माघे संक्रान्ति मेला स्थगित

म्याग्दी २७ पुस । म्याग्दीको सदरमुकाम बेनीमा आयोजना हुन लागेको माघे संक्रान्ति मेला स्थगित भएको छ । नेपालमा कोभिड  संक्रमण तीब्र रुपमा फैलिएको र जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार बसेको बैठकले मेला, पर्व, महोत्सव र २५ जना बढी सहभागी हुने सभा, समारोह तथा कार्यक्रममा समेत रोक लगाउने निर्णय... पुरा पढ्नुहोस

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय, स्वास्थ्य सुरक्षाको पालनामा कडाइ गरिने

म्याग्दी २७ पुस । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)... पुरा पढ्नुहोस

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

म्याग्दी २७ पुस । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिउँदे आलु,... पुरा पढ्नुहोस

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )

म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s   घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस

नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । कार्यरत कर्मचारीमा... पुरा पढ्नुहोस

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाण्डौ २६ पुस । शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो। सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा... पुरा पढ्नुहोस

घरायसी काम गर्दै ज्येष्ठ नागरिक (तस्बिर)

बेनी, २६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा घरायसी काम गर्दै गर्नुभएकी ज्येष्ठ नागरिक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा केसी

बाग्लुङ, २६ पुस । एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । कार्यवाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले तीन सय २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कृष्ण पाठकले दुई सय २८ मत पाएका छन । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले... पुरा पढ्नुहोस

रिठेडाँडालाई चिनाउन हातेमालो

बागलुङ, २६ पुस। एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो । समय सालमा आएर सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छाड्यो । रिठेडाँडाको रौनक पनि विस्तारै हराउँदै गयो । नयाँ... पुरा पढ्नुहोस