ताजा अपडेट

अमेरिकाले नेपालमा राेक्याे एमसीसी परियाेजनाकाे भुक्तानी

काठमाडौँ । अमेरिकाले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहयोगसँग सम्बन्धित भुक्तानी तत्कालका लागि रोकेको छ । केहीअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोगको भुक्तानी पनि रोकेको हो । एमसीसीले सहयोगको भुक्तानी रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको अर्थ मन्त्रालयले जनाएको छ... पुरा पढ्नुहोस

फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा चयन

म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी... पुरा पढ्नुहोस

कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान (तस्बिर/भिडियाे)

म्याग्दी सदरमुकाम बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ । मंगलवार केन्द्रमा आयोजित एक समारोहका बिच ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनको लागि बनाइएको कोषमा आर्थिक सहयोग गर्ने सात जना दाताहरुलाई सम्मान गरिएको हो ।  कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु... पुरा पढ्नुहोस

बेलुन फुटेर घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केहि दिन अस्पताल बस्नुपर्ने 

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएर उपचाररत अर्थमन्त्री विष्णु पौडेल  डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई सोमबार दिउँसो २ः३० बजे डिस्चार्ज गरेको हो । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले अर्थमन्त्री पौडेलको घाउ निको भएको र फोक्सोमा समस्या नदेखिएपछि डिस्चार्ज... पुरा पढ्नुहोस

बेनीमा पशु अस्पतालको भवन शिलान्यास

बेनीमा पशु अस्पतालको भवन शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारले बनाउन लागेको भवनको सोमबार शिलान्यास गरिएको हो । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । भवनको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि... पुरा पढ्नुहोस

मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण सुरू

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का... पुरा पढ्नुहोस

पाखापानीमा आयोजित वडा अध्यक्ष कपको उपाधी पात्लेखेतलाई

बेनी, ४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा आइतबार प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । रघुगङ्गा गाउँपालिका वडा नं.–६ को कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा बेनी नगरपालिका–१० पात्लेखेत बिजेता, रघुगङ्गा गाउँपालिका–६ पाखापानीको ए समूह... पुरा पढ्नुहोस

मोना अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अध्यक्षमा सुसन श्रेष्ठ निर्वाचित भएका छन् । सिड्नीको रकडेलमा आइतबार सम्पन्न १८ औँ बार्षिक साधारण तथा नवौं अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष लक्की श्रेष्ठ, प्रथम उपाध्यक्षमा दिनेश खत्री, द्धित्तिय... पुरा पढ्नुहोस

पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आइसफल आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्ट हिल rमा करिब एक... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु एक लाख ६० हजार सहयोग

म्याग्दी, ३ फागुन । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा अष्ट्रेलियाबाट रु १ लाख ६० हजार बढी सहयोग जुटेको छ । राखु समाज अष्ट्रेलियाको नेतृत्वमा रु १ लाख ३५ हजार सहयोग संकलन भएको छ भने... पुरा पढ्नुहोस