ताजा अपडेट

रघुगंगाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई, ३३ प्रतिशत वित्तीय प्रगती

म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले चालुतर्फ ३८ दशमलब... पुरा पढ्नुहोस

दुखुबेशीकी जसमतीले ७६ वर्षको उमेरमा पाइन नागरिकता

म्याग्दी १३ फागुन । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।   श्रीमान बलबहादुर विकले पहिला नै कान्छी श्रीमती ल्याएर बेवास्ता... पुरा पढ्नुहोस

बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस

म्याग्दी, १४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

म्याग्दीको मङ्गला र बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व... पुरा पढ्नुहोस

कृष्ण विश्वकर्माले औंल्याए एकीकृत समाजवादीका ९ गल्ती

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले पार्टी निर्माणमा देखिएका गल्तीहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । ललितपुरको जाउलाखेलमा सम्पन्न केन्द्रीय समिति बैठकमा उनले पार्टीले गर्दै आएका गल्तीहरुलाई ९ बुँदामा उल्लेख गरेका छन् । लिखित प्रस्ताव नै तयार पारेका विश्वकर्माले नेकपा एमालेबाट विद्रोह थाले यता भएका गल्तीहरुतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण... पुरा पढ्नुहोस

सडकको पहुँचमा जाेडीदै धौलागिरिका दुर्गम गाउँ

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पूरै दिन पैदल यात्रा गर्नुपर्दथ्यो ।'किन मेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो," वडा सदस्यसमेत रहेका उनले भने, 'खच्चड, भरियामार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो... पुरा पढ्नुहोस

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु 

बेनी, ११ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो ।... पुरा पढ्नुहोस

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ  सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल निर्वाचित हुनुभएको छ... पुरा पढ्नुहोस

नेपाल नेत्र सहायक परिवार गण्डकीको नयाँ नेतृत्व चयन

नेपाल नेत्र सहायक परिवारको प्रथम गण्डकी प्रदेश सम्मेलन तथा अधिबेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनबाट नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पुर्व अध्यक्ष तथा बहाल वाला बाह्य कार्यक्रम संयोजक सुबास नेपालको अध्यक्षता मा १३ सदस्यीय कार्य समिती सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितीको प्रथम... पुरा पढ्नुहोस

मालढुङ्गा–बेनी सडक निर्माणले लियो गति

म्याग्दी, १० फागुन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी काेरिडोर सडक आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको यो आयोजना सरोकारवालाहरूको दबाबका कारण पछिल्ला केही महिना यता निर्माणले गति लिएको हो । निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र... पुरा पढ्नुहोस