ताजा अपडेट

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उम्मेदवार बनाउने

बेनी, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उम्मेदवार बनाउने भएको छ । अध्यक्षको उम्मेदवारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा म्याग्दीको दलित... पुरा पढ्नुहोस

एकीकृत समाजबादीका अध्यक्ष विश्वकर्मा मेयरको उम्मेदवार

म्याग्दी, १० बैशाख । नेकपा (एकीकृत समाजबादी) ले बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । बेनीस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकीकृत समाजबादीको नगर कमिटी बैठकले पाटीका जिल्ला अध्यक्ष समेत रहेको विश्वकर्मालाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरमा... पुरा पढ्नुहोस

बेनपा–४ मा माओवादीका उमेद्वार घोषणा

बेनी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने

बेनी, ९ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वटा वडाका अध्यक्ष र सदस्यहरुमा साझा उमेद्वार बनाउने सहमति गरेका हुन् ।... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र)द्धारा मंगला गाउँपालिकामा उम्मेदवार सिफारिस

बेनी, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो । मंगलामा माओवादीबाट गाउँपालिका अध्यक्ष पदमा टेकबहादुर विक, चन्द्रप्रसाद बुढाथोकि र पुनम खड्काको नाम... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगर र मालिका गाउँपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार छनौट

बेनी, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर तथा मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेद्वार छनोट गरेको छ । पालिका कमिटी र जिल्ला समितिबाट गरेको सिफारिसको आधारमा शुक्रवार पार्टीको प्रदेश कमिटीको सचिबालयले उम्मेदवारहरुको छनौट गरेको हो । माओवादी केन्द्रबाट... पुरा पढ्नुहोस

डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

  म्याग्दी, ९ बैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी... पुरा पढ्नुहोस

माओवादीबाट पिप्लेको वडा अध्यक्ष पदको उम्मेदवारमा युवा नेता कटुवाल

म्याग्दी, ९ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका– ३ पिप्लेको वडा अध्यक्षको उम्मेदवारमा नेकपा माओबादी केन्द्रबाट युवा नेता रेशम कटुवाललाई चयन गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले वडाअध्यक्षमा कटुवाललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य... पुरा पढ्नुहोस

म्याग्दीको बिम बराह तालमा पूर्वाधार निर्माण

म्याग्दी ९ बैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ । बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह... पुरा पढ्नुहोस

नेपाली काँग्रेस म्याग्दीले ६ वटै स्थानीय तहमा अध्यक्षको उम्मेद्धार टुङ्गायो

म्याग्दी ८ वैशाख । नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ । बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो ।... पुरा पढ्नुहोस