ताजा अपडेट

गलकोटमा नगरमा व्यवस्थित पार्किङ नहुँदा समस्या 

थम्मन थापा बागलुङ २४ साउन । बागलुङ जिल्लाको मध्य भाग गलकोट नगरपालिकामा पछिल्लो समय तिव्र रुपमा बजारीकरण विस्तार भईरहेको छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा चौबिसै घण्टा सवारी साधन ओहोर दोहोर गर्ने गर्दछन । सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडकमा करिब रु छ अर्ब खर्च

म्याग्दी २४ साउन । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च... पुरा पढ्नुहोस

गलेश्वरको भेटी पूर्वाधार निर्माणमा परिचालन

म्याग्दी २४ साउन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पूर्वाधार निर्माणमा परिचालन भएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल,... पुरा पढ्नुहोस

राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’

म्याग्दी २४ साउन । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । ‘सुन सुन सई हो गाउँको हिरो मै हा,े हाई हाई सम्झे मायालाई’ निकै... पुरा पढ्नुहोस

१०० वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

ध्रुवसागर शर्मा गलेश्वर २३ साउन । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्याल–ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर । म्याग्दीको... पुरा पढ्नुहोस

रघुगङ्गाद्वारा एक सय त्रिपन्न योजना कार्यान्वयन

म्याग्दी २३ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा एक सय ५३ योजना कार्यान्वयन गरेको छ । पूर्वाधारसँग सम्बन्धित एक सय ५९ योजना छनोट भएकामा एक सय ४३ उपभोक्ता समिति र १० ठेक्का प्रक्रियाबाट कार्यान्वयन भएको गाउँपालिकाका प्राबिधिक शाखाले जनाएको छ । शाखाका प्रमुख इन्जिनियर सुदीप गौतमले पूर्वाधार... पुरा पढ्नुहोस

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

म्याग्दी २३ साउन । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार र कोषाध्यक्षमा... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष सुवेदी जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित

म्याग्दी २१ साउन । म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २४ औँ बार्षिक उत्सवको अवसरमा सुवेदीलाई सामुदायिक क्याम्पसको गुणस्तर सुधारमा अतुलनिय योगदान गरेको भन्दै सम्मान शनिवार सम्मान गरिएको हो । कार्यक्रममा अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका... पुरा पढ्नुहोस

किन घटे ढोरपाटनमा नाउर ?

बागलुङ, १९ साउन । हरेक पाँचपाँच वर्षमा ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना हुन्छ । गणनाको नतिजालाई हेरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा तोक्ने गर्छ । पछिल्ला याममा भने सिकार कोटा घट्दो छ । वन्यजन्तुको सङ्ख्या घटेपछि विभागले सिकारलाई पनि थप नियन्त्रित गरेको हो । गत... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक ३ दिनपछि सुचारु

बेनी, १९ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडक तीन दिनपछि सूचारु भएको छ । गत सोमबारदेखि पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालनमा आएको आएको । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भाँसिएपछि अबरुद्ध बनेको... पुरा पढ्नुहोस