‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई

  • ४ भाद्र २०७९, शनिबार
  • धिरन खत्री
  • 797 पटक पढिएको

म्याग्दी, ४ भदौ । ‘ईच्छा स्मृती ५ औं एभरग्रीन कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजनक एभरग्रीन युवा क्लवले जितेको छ ।
सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा आयोजित प्रतियोगिता अन्तरगत शनिबार भएको फाईनलमा एभरग्रीन युवा क्लवले मंगला गाउँपालिका– २ सहश्रधाराको मालिका युवा क्लवलाई पेनाल्टी सुटआउटमा ३ विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सो उपाधी जितेको हो ।


उपाधी विजेता एभग्रीनले नगद ८५ हजार ५५५ रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने मालिका युवा क्लवले नगद ४५ हजार ५५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा विजेता र उपविजेतलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग ( दिपक मनाङ्गे) र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफी सहितको पुरस्कार वितरण गर्नुभएको थियो ।


त्यस्तै, प्रतियोगितामा आयोजक एभरग्रीन युवा क्लवका कमल थापा मगर उतकृष्ट खेलाडी, आशिष गुरुङ उतकृष्ट डिफेन्डर, सन्दिप शेरपुञ्जा उतकृष्ट कोच, निशान राम्जाली उतकृष्ट गोलरक्षक, मनिष श्रेष्ठ धेरै गोल गर्ने खेलाडी र मालिका युवा क्लवका राहुल थापा वेष्ट मिल्डफिल्डर घोषित भएका थिए । उनीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


भदौ १ गतेदेखि ४ गतेसम्म संचालन गरिएको प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो। मन्त्री गुरुङले एभरग्रीन युवा क्लवलाई ५० हजार रुपैयाँ र जिल्लास्थित विभिन्न क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l