वडा सदस्य कार्कीको निधन

  • ४ भाद्र २०७९, शनिबार
  • 513 पटक पढिएको

बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो ।


ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रहदै सक्रिय राजनीति गर्नुभएको थियो । स्वास्थ्यमा समस्या भएपछि पोखरास्थित अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
स्वर्गीय कार्कीको पार्थीव शरिरमा नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरुले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए । माओवादीका नेताले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा सिंगो पार्टी र समाजलाई ठूलो क्षति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ( सविन) ले भन्नुभयो ।