ताजा अपडेट
सपथग्रहणसँगै धवलागिरीका जनप्रतिनिधीको पदभार ग्रहण
- 3 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
मुना, १० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण र पदवाहली गरेका छन् । औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनबाट उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष र सदस्यहरुलाई सामुहिक रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । निर्वाचन अधिकृत भोलाराज रेग्मीले ३७ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित... पुरा पढ्नुहोस
बगरफाँटमा खानेपानीको समस्या
- 3 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
म्याग्दी १० जेठ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस... पुरा पढ्नुहोस
भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी
- 3 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
चितवन, १० जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छिन । यद्यपी औपचारिक घोषणा हुन बाँकी छ । आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८... पुरा पढ्नुहोस
एमालेलाई हराउँदै पोखरामा उदायो एकीकृत समाजवादी
- 3 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
पाेखरा , १० जेठ । नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।... पुरा पढ्नुहोस
दुई फरार प्रतिवादी पक्राउ
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
म्याग्दी ९ जेठ । गाई मारेको कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट १÷१ बर्ष कैद सजाय ठहरिएका फरार दुई जना प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटको छिस भन्ने स्थानमा बस्ने बर्ष ४० का दिल बहादुर दमाई र सोही स्थानमा बस्ने बर्ष ४८ का तेज बहादुर पुनलाई सोमबार... पुरा पढ्नुहोस
प्रेस युनियनको अक्षयकोषमा रु २ लाख ५० हजार संकलन
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
बेनी,९ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले स्थापना गरेको पत्रकार पुरस्कार अक्षयकोषमा रु २ लाख ५० हजार सहयोग जुटेको छ । जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने उेदेश्यले स्थापना गरिएको अक्षयकोषमा उक्त रकम संकलन भएको हो । युनियनको अक्षयकोषमा बेनी निवासी होटल व्यवसायि बिमला गौचनले रु १ लाख १ हजार... पुरा पढ्नुहोस
ढोरपाटन सिकार आरक्षमा सत्र नाउर र आठ झारलको सिकार
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
बागलुङ ९ जेठ । ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो असोज–मङ्सिर र दोस्रो फागुन–वैशाख। चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ । यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र छ झारलको सिकार कोटा... पुरा पढ्नुहोस
अर्थतन्त्र सबलीकरणका लागि बजेट
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री ३ जेठमा संघीय संसदका दुवै सदनमा बिनियोजन विद्येयक, २०७९ को सिद्धान्त र प्राथमिकता पेश भएपछि माननीय सदस्यहरुले अत्यन्त गम्भिरताका साथ प्रस्तुत सिद्धान्त र प्राथमिकताहरुमा आफ्नो बिचार र सुझावहरु राख्नुभएको छ । यी सबै बिचार र सुझावलाई मैले आगामी बजेटको मार्गनिर्देशनका रुपमा लिएको छु । बिनियोजन विद्येयकका... पुरा पढ्नुहोस
म्याग्दी जेसिजद्वारा ‘जेसिज सप्ताह’ कार्यक्रम आयोजना
- 3 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७९, सोमबार
बेनी, ९ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा साताब्यापी विविध कार्यक्रम गरिने भएको छ । आईतबार जेसिज कार्यालयमा बसेको म्याग्दी जेसिजको दोस्रो साधारणसभाले जेठ १५ गते देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । जेसिज सप्ताह कार्यक्रम सफल बनाउन जेसिजका पदाधिकरीहरुको संयोजकत्वमा कार्यविभाजन... पुरा पढ्नुहोस
बेनी बजार जोगाउने तटबन्ध नबन्दा कटानको जोखिम यथावत
- 3 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०७९, आईतवार
बेनी, ८ जेठ । गतबर्षको असार १ गते कालीगण्डकी नदीको उच्च बहाफले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुदाँ बेनी बजार कटानको जोखिममा यथावत छ । बेनी नगरपालिका– ७ म्याग्दी जेसिजको भवन नजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन् । कालीगण्डकी नदीको बहाफले म्याग्दी जेसिज भवन नजिक ग्याविङ भत्काएको... पुरा पढ्नुहोस