ताजा अपडेट

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी

  म्याग्दी, १४ चैत । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग... पुरा पढ्नुहोस

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।... पुरा पढ्नुहोस

बागलुङबाट ८ जना जुवाडे पक्राउ

बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय  प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ  । प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको... पुरा पढ्नुहोस

अखिल नेपाल महिला संघको अध्यक्षमा रोका निर्वाचित

म्याग्दी १२ चैत। नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यसोदा रोका निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।           रोका मंगला गाउँपालिका ३ सातबिसे निबासी हुनुहुन्छ... पुरा पढ्नुहोस

बेनी अस्पताल व्यवस्थापन समिति र मोनाबिच छलफल

म्याग्दी १२ चैत । बेनी अस्पताल व्यवस्थापन समिति र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिका पदाधीकारीबीच शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया भएको छ । मोनाद्धारा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधीकारीलाई बधाई तथा मोना र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा गर्न सकिने कामका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा मोनाका प्रतिनिधीहरुले... पुरा पढ्नुहोस

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

म्याग्दी, १२ चैत । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ । साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघि बित्नुभएका बुबाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सक्नुभएको छैन । हकभोग गर्दै आएको घरजग्गाको लालपुर्जा नभएका... पुरा पढ्नुहोस

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर

  म्याग्दी, ११ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर... पुरा पढ्नुहोस

पिप्लेमा आधारभूत प्रयोगशाला (ल्याव ) सेवा सुरु

म्याग्दी, १० चैत । रघुगंगा गाउँपालिकाले वडानम्वर ३ पिप्लेमा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला ९ल्याव० सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरिएको हो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घाटन गाउँपालिका... पुरा पढ्नुहोस

पहिरोले पात्लेखेतमा उठीबासको त्रास

कमल खत्री बेनी, १० चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीय उठीबासको त्रासमा छन् । बर्षौदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई बर्षअघि देखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकाँश बस्ती पहिरोको... पुरा पढ्नुहोस

बारीमा मर्कै छर्दै (तस्वीर )

बेनी, १० चैत : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गोरुले बारी जोतेर बारीमा मकै छर्दै गरेका स्थानीय । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस