ढुंगाखानीको पहिरोले घर पुरिदा एकैघरका तीन जनाकाे मृत्यु

  • ३० भाद्र २०७९, बिहीबार
  • 593 पटक पढिएको

 

इन्द्रबहादुर थापा

काभ्रे, ३० भदौ २०७९ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थान स्थित ढुंगाखानीको पहिरोले घर पुरिदा तीन आमाछोराछोरीको मृत्यु भएका छन् । राती १ बजेको समयमा पहिरोले घर पुरिदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक अञ्जना श्रेष्ठका अनुसार पहिरोले पुरिदा ४४ बर्षीय निरबहादुर तामाङ र ४० बर्षीय साबित्री तामाङ र ६५ बर्षीय ठुली माया तामाङको मृत्यु भएको हो ।

 मृतक नीर बहादुर र सावित्री साबित्रीकिछोरा र छोरी हुन । निरबहादुर र साबित्री घटनास्थलमै मृत्यु भएका हुन भने ठुलिमाया उपचारको क्रममा बनेपा स्थित शीर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्रेस्ठले बताए । स्थानीयका अनुसार मृतक निरबहादुरले नजिकै रहेको चलालगणेस्थान रोडाढुङ्गा उधोगको सहयोगमा मृतक निरबहादुरले नै खानी शुरु गरेका थिए ।

स्थानीयका अनुसार बाख्रा लगायत पशुचौपाय पनि पुरिएको जनाएका छन । के कति थियो भन्ने भन्नेचाही खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरिले खोजिकार्य जारी छ ।