ताजा अपडेट
सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २६ फाल्गुन २०७९, शुक्रबार
बागलुङ २६ फागुन । बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको... पुरा पढ्नुहोस
कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण
- wp_days_ago_v3(); ?>
- २६ फाल्गुन २०७९, शुक्रबार
म्याग्दी, २६ फागुन । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा जिल्लास्तरका कृषि तथा पशु सेवाका प्राविधिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ। जिल्लाभित्रका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कृषि र पशु सम्वन्धीबारे प्राविधिक ज्ञान उपलब्ध गराउन शुक्रबार केन्द्रको सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो। कृषि अनुसन्धान निर्देशानलय लुम्लेका कार्यरत डाक्टर... पुरा पढ्नुहोस
स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि भगवतीमा निशुल्क शिविर, २६७ जना लाभान्वित
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
भगवती, २५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। मोना आईईसीको आयोजना दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका छन् । महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर... पुरा पढ्नुहोस
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
काठमाण्डाै २५ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार... पुरा पढ्नुहोस
बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा चार बर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको रघुगंगा गाउँपालिका–७... पुरा पढ्नुहोस
निःशुल्क आँखा जाँच शिबिरबाट पाँच सय बढी लाभान्वित
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बेनी, २५ फागुन : म्याग्दीको मंगला गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट पाँच सय बढी लाभान्वित बनेका छन् । मंगलवार र बुधवार गरि दुई दिनसम्म मंगला गाउँपालिका–१ कुहँु र ३ नम्बर वडा बरंजामा सञ्चालन गरिएको शिविरबाट पाँच सय पाँच जनाको आँखा परिक्षण गरिएको हो । मंगला गाउँपालिकाको सहयोगमा नेपाल नेत्र... पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन आज, दुई पूर्वसभामुख प्रतिस्पर्धामा
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
काठमाडौँ, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।संघिय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु... पुरा पढ्नुहोस
ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
बागलुङ २५ फागुन । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् ।चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा तीन वटा खानेपानी आयोजना सुरु
- wp_days_ago_v3(); ?>
- २५ फाल्गुन २०७९, बिहीबार
म्याग्दी २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रू एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कूल रु एक करोड ४० लाख १४... पुरा पढ्नुहोस
घनले ढुंगा फुटाउँदै महिला मजदुर (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २४ फाल्गुन २०७९, बुधबार
बेनी, २४ फागुन । म्याग्दी सदरमुकाम बेनीमा घनले ढुंगा फुटाउँदै महिला मजदुर । महिला मजदुरले पुरुषले सरह कडा परिश्रम गर्दा समेत ज्यालामा भने असमानता रहेको छ । महिला र पुरुषलाई लैँगिक आधारमा ज्यालामा विभेद हुँदा महिला मजदुरहरुले आफ्नो श्रम अनुसारको ज्याला नपाउने विद्यमान समस्या छ । तस्बिरः कमल खत्री –... पुरा पढ्नुहोस