म्याग्दीका केसी लायन्सको डिष्ट्रिक गभर्नरमा निर्वाचित

  • २८ फाल्गुन २०७९, आईतवार
  • 313 पटक पढिएको

 

बेनी, २८ फागुन । म्याग्दीका चन्द्रबहादुर केसी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट गभर्नरमा पदमा निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सतप्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

केसीले अघिल्लो कार्यकालमा प्रथम डिस्ट्रिक गर्भरनको पदमा रहेर काम गर्नुभएको थियो । डिस्ट्रिक ३२५ आई नेपालमा १५५ क्लव र करिव ४ हजार सदस्य आवद्ध रहेका छन् ।

केसी विगत १६ बर्षदेखि लायन्सको विभिन्न पदमा रहेर महत्वपूर्ण योगदानका गर्नुभएको छ । सन २००७ देखि लायन्स अभियानमा सक्रिय केसी लायन्स क्लव अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफना कलजेको केही अंश दान गर्नुभएको थियो ।

केसी आवद्ध लायन्स संस्थाले म्याग्दीको शिक्षा र स्वास्थ्यको पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।