मोना कतारको नयाँ नेतृत्व : अध्यक्षमा राजु पौडेल चयन

  • २७ फाल्गुन २०७९, शनिबार
  • 521 पटक पढिएको

म्याग्दी २७ फागुन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको एघारौ अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी प्रथम उपाध्यक्ष हेम बानियाँ,महासचिब भुमिसोर सापकोटा,सचिव गृह प्रसाद (कृष्ण) शर्मा, कोषाध्यक्ष सुमन घर्ती, सह–कोषाध्यक्ष याममया रोका रहनुभएको छ ।

त्यसैगरी महिला संयोजक टीकामया रोका, महिला उप संयोजक खुमा पुन, बेनी नगर पालिका संयोजक कमल खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक कृष्ण खड्का (शिव), रघुगंगा गाउँपालिका संयोजक नरेन्द्र कुमार दर्जीलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा कमल परियार,राम ब.बिक,गंगाधर कँडेल,टेकनाथ सुवेदी,बम बहदुर थापा,वीर ब.सुनार,रिपोट खत्री,रोसन पौडेल,भुपेन्द्र ब. पुर्जा रुकुम ब.बि.क, बिस्णु खत्री रहनु्भएको मोना कतार निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनको प्रमुख अतिथि संस्थापक अध्यक्ष प्रेम रसाईली, पूर्व अध्यक्ष बिक्रम कार्की, रेशम शाही, तिलु शर्मा, एनआरएनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । अधिवेशनको अध्यक्षता नरेन्द्र फगामीको अध्यक्षता, स्वागत राजु पौडेल र सञ्चालन अजय कुँवरले गर्नुभएको थियो । अधिवेशनको अवसरमा पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।