ताजा अपडेट
प्रथम सहिद लखन थापामगरको १४६ औँ स्मृती दिवसमा बेनीमा दीप प्रज्वलन
- 3 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
बेनी, २ फागनु । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा प्रथम सहिद लखन थापाको १४६ औं स्मृती दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष लोकेश पुनमगरले सहिद थापाको तस्वीरमा माल्याअर्पण र दिपप्रज्वल गर्नुभएको थियो । विरेन्द्रचोकमा गरिएको दीप प्रज्वलनमा मगर संघ म्याग्दीका... पुरा पढ्नुहोस
बोटबाटै दुई करोडको सुन्तला बिक्री
- 3 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
गलेश्वर, २ फागुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष... पुरा पढ्नुहोस
बन्द भएका चिज उद्योग तीन वर्षपछि पुनःसञ्चालन
- 3 बर्ष, 1 महिना अगाडि
- २ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, २ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको... पुरा पढ्नुहोस
विविध कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइयो
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी, १ फागुन । २८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो । म्याग्दीमा नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले... पुरा पढ्नुहोस
गलेश्वर बजारमा ‘सडक बत्ती’ जडान
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ती जडान गरिएको छ। रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको... पुरा पढ्नुहोस
बर्षा र हिमपात नहुँदा हिमाली क्षेत्रसम्म डढेलोको जोखिम बढ्दै
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १ फागुन । म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धौलागिरि, अन्नपूर्ण, नीलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जङ्गल डढेलोले काला पहाडमा परिणत... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ... पुरा पढ्नुहोस
नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
[caption id="attachment_67353" align="alignleft" width="907"] लेखक राजेन्द्र न्यौपाने ।[/caption] राजेन्द्र न्यौपाने । १०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यसघरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको... पुरा पढ्नुहोस
गोरखाका उद्यमीलाई प्रविधि हस्तान्तरण
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
गोरखा, १ फागुन । गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गर्नुभएको हो । दलित विपन्न तथा पराम्परागत सीप भएकाहरुको व्यवसाय विकासको उपकरण र प्रविधी हस्तान्त्रण अन्तरगत १२... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन
- 3 बर्ष, 1 महिना अगाडि
- १ फाल्गुन २०७९, सोमबार
बेनी, १ फागुन । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस