मुक्तिमार्ग माध्यमिक विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन
- २७ फाल्गुन २०७९, शनिबार
- 655 पटक पढिएको
म्याग्दी २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन गरिएको छ । शनिवार सम्पन्न आमभेला मार्फत ठाकुर प्रसाद बरुवालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र मनिषा बरुवालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो । व्यवस्थापन समितिको सदस्यहरुमा हिरा खड्का, जङ्ग बहादुर खड्का, तिलकुमारी खड्का, दक्षिका बरुवाल, सुनिता परियार रहनुभएको छ भने शिक्षक प्रतिनिधिमा रामकृष्ण खड्का चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष यामबहादुर खड्काको अध्यक्षता, वडा अध्यक्ष रामबहादुर खड्काको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा श्याम प्रसाद खड्का, पूर्व अध्यक्ष गोकुल बहादुर बरुवाल, शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खड्का, पूर्व वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो भने सहायक प्रधानध्यापक रामकृष्ण खड्काको स्वागत मन्तव्य र शिक्षक बिमल बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।