राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा विजय घर्तीमगर

  • २७ फाल्गुन २०७९, शनिबार
  • 379 पटक पढिएको

 

बेनी, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११ औं जिल्ला अधिवेशनबाट धवलागिरी गाउँपालिका–४ मुदीका विजय घर्तीमगर अध्यक्षमा चयन भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रदिप तिलिजा, सचिवमा सुशान किसान, सहसचिवमा सौगात गुरुङ र गौरी गर्वुजा र कोषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय समिति चयन गरेको छ ।