ताजा अपडेट

मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

म्याग्दी १९ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार... पुरा पढ्नुहोस

गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभुषा सहयोग

बेनी, १९ वैशाख । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले... पुरा पढ्नुहोस

एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा

कमल खत्री बेनी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा... पुरा पढ्नुहोस

भेडीओढारमा पर्यटकको चहलपहल बढ्दै

  म्याग्दी, १८ बैशाख । पछिल्लो समय धौलागिरि आइसफल पदमार्ग अन्तरगतको रघुगंगा गाउँपालिकाको पर्यटकियस्थल –रुईसे– भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास भएको छ। समुन्द्री सतहदेखि २ हजार पाँच सय मिटर उचाईमा पर्ने भेडीओढारबाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य लालीगुराँसको जंगल र भेडाबाख्राको गोठहरुको आकर्षणले पर्यटकको रोजाईमा परेको हो... पुरा पढ्नुहोस

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

  शिवाङ, १६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । तलिममा २८ वटा... पुरा पढ्नुहोस

धौलागिरि अधिकृत विक्रेता संघमा म्याग्दीका राजन श्रेष्ठ

  म्याग्दी, १६ वैशाख । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण... पुरा पढ्नुहोस

सुविधा र पूर्वाधारले पर्यटक आकर्षित

म्याग्दी, १६ बैशाख । अन्नपूर्ण चक्रिय पदमार्ग क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरि होटल सुविधाको क्षमता विस्तार र पदमार्ग लगायतका पूर्वाधारले पर्यटकहरु आकर्षित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने चर्चित पर्यटकीय स्थलहरु घोरेपानी, पुनहिल, मोहरेडाँडा, फुलवारी, करवाकेली, खोपारा, भुरुङतातोपानी, अन्नपूर्ण आधार शिविर लगायतका क्षेत्रमा अहिले पर्यटकहरुको आगमन ह्वात्तै बढेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहबाट श्रम स्विकृति दिन शुरु

म्याग्दी, १६ वैशाख । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति दिने सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले रोजगार... पुरा पढ्नुहोस

लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सम्वन्धी अन्तरसम्वाद

म्याग्दी, १६ बैशाख । म्याग्दीको दुर्गम गाउँ धवलागिरि गाउँपालिका– २ लुलाङमा ज्येष्ठ नागरिको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न अन्तरसम्वाद कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र रुईसे मिडिया प्रा.लि. को आयोजनामा शुक्रबार भएको ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रममा ज्येष्ठ नागरिकले आफ्ना जीवन्त रहेका ज्ञान, सिप र... पुरा पढ्नुहोस

गण्डकी प्रदेश महिला छात्रा भलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका रोकालाई

म्याग्दी, १५ बैशाख । गण्डकी प्रदेश महिला छात्राभलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका मलिन रोकाले पाएका छन् । बैशाख १५ देखि १७ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगीता तर्फबाट गण्डकी प्रदेशबाट सहभागी हुने महिला भलिबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी रोकाले पाएका छन् । म्याग्दी जिल्ला भलिबल प्रशिक्षक समेत रहेका रोकालाई... पुरा पढ्नुहोस