बागलुङमा सिटीस्क्यान सेवा सुरु

  • १२ आश्विन २०८०, शुक्रबार
  • 381 पटक पढिएको

बागलुङ २२ असोज । बागलुङमा रहेको धाैलागिरी अस्पतालमा र सिटी स्क्यान सेवा शुक्रबार देखि सुरु भएको छ । बाग्लुङ, पर्वत, म्यादी लगायत जिल्लाका बिरामीलाई लक्षित गरेर बाग्लुङमा धाैलागिरी अस्पतालमा सेवा सुरु गरिएको गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिलाले जानकारी दिईन ।

बाग्लुङ सहित अन्य जिल्ला बासीकाे लागि खुसीकाे काम र यस्ले गर्दा पाेखरामा पनि बिरामीको चाप घट्ने उनले बताईन् । जनशक्ति, भाैतिक संरचना अभाव रहेको छ यस्ता समस्या समाधानकाे लागि छलफल भैरहेको र समाधान सहित अघि बढ्ने उनले जानकारी दिईन् ।

स्वास्थ्य क्षेत्र सुधार ल्याउने याेजना भएर अघि बढेको भन्दै समस्या हल गर्दै अघि बढेको बताईन । बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार शिरीष धाैलागिरी अस्पताललाई शिक्षण अस्पताल बनाएर लैजानुपर्ने बताए । बल्ड बैककाे स्तर उन्नति गर्नुपर्ने भएको र त्यसको लागि नगरपालिकाले जतिसक्दो भुमिका खेल्ने बताए ।

सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका सचिव बिनाेदबिन्दु शर्मा स्वास्थ्य सेवा सुधारकाे लागि गण्डकी प्रदेश सरकारले सक्दाे पहल गरेकाे बताए ।

 

अस्पतालका निर्देशक डाक्टर रबिरन्दन प्रधानले धाैलागिरी अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन अनुराेध गरे । अस्पतालमा १ सय २६ बेड रहेको छन् । भने ५ देखि ६ सय दैनिक बिरामी रहेको छन् । २ सय जना कर्मचारी रहेको छन् ।

धाैलागिरी अस्पतालका अध्यक्ष नारायण प्रसाद शर्माकाे अध्यक्षतामा कार्यक्रम भएको थियो ।