४४ औं विश्व पर्यटन दिवसको अवसरमा बेनीमा प्रभातफेरी

  • १० आश्विन २०८०, बुधबार
  • 275 पटक पढिएको

 

म्याग्दी, १० असोज । बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो ।


प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट संघ र मंगला आमासमुह लगायतको र्‍यालीमा सहभागिता रहेको थियो ।

जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी, संघसंस्थाका प्रतिनिधिको सहभागितामा दिवसको अवसरमा प्रभातफेरी गरिएको कार्यालय प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।