ताजा अपडेट

ठूलोखोलादेखि डाँडाखेत जोड्ने सडक स्तरोन्नती सुरु (फोटो फिचर)

बेनी, ११ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्याक निर्माण भएको ८ बर्षपछि स्तरोन्नती गर्न थालिएको छ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत सिंगाको ठूलोखोलादेखि वडा नम्बर ४ र ५ का ग्रामीण बस्तीहरुलाई समेटिएको सिंगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान सडक ढलान सहित स्तरोन्नती गर्न थालिएको हो ।... पुरा पढ्नुहोस

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, १० असोज । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५० जना कृषकहरुको सहभागिता रहेको कार्यक्रमको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ... पुरा पढ्नुहोस

पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा

बेनी , १० असोज: म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ । रातको समयमा... पुरा पढ्नुहोस

४४ औं विश्व पर्यटन दिवसको अवसरमा बेनीमा प्रभातफेरी

  म्याग्दी, १० असोज । बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा नेवारी बाजासहित बजार परिक्रमा गरेर प्रभातफेरी मनाईएको हो । प्रभातफेरीमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट... पुरा पढ्नुहोस

ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य : नेपालीको पहुँचबाहिर सिकार

रामबहादुर थापा  गण्डकी, १० असोज रासस । ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ । नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ ।... पुरा पढ्नुहोस

पोखरामा मिटरमा नचल्ने ट्याक्सीलाई जरिवाना बढाइयो

पोखरा, १० असोज । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ । मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको अनिवार्य मिटर प्रणालीबाट सर्वसाधारण यात्रुलाई राहत मिलेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ... पुरा पढ्नुहोस

बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा

म्याग्दी ९ असोज । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा ऋण सहकारी संस्थाकोले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । केयर समिक्षा गोष्ठीको उद्घाटन... पुरा पढ्नुहोस

अग्नी पीडितलाई राहत सामाग्री वितरण

म्याग्दी ९ असोज । म्याग्दीको धवलागिरी गाँउपालिका २ लुलाङ्गका आगलागी पीडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत विकास परियोजनाको स्पोन्सर्सिप कार्यक्रममा आवद्ध बालिका सुस्मिता पुर्जाको घरमा आगलागी भई सम्पूर्ण खाद्यान्न, लत्ता कपडा र... पुरा पढ्नुहोस

मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)

कमल खत्री बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा... पुरा पढ्नुहोस

कालीपुलबस्तीमा पहिरोको पिरलो

  म्याग्दी, ९ असोज । बेनी नगरपालिका–८ कालीपुल बस्तीलाई सधै पहिरोका पिरलो छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले त्रसित बनाउदै आएको छ। मंगलबार (आज) दिउँसो एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको थियो । दिउँसो एक्कासी आएको पहिरोले क्षति... पुरा पढ्नुहोस