ताजा अपडेट
वेष्ट पोइन्टद्वारा विश्व बताबरण दिवसमा वृक्षारोपण
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । न्यु वेष्ट पोइन्ट आवासीय माविले रजत जयन्तिको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बिश्व बाताबरण दिवस (जुन ५) को अवसर पारेर सोमबार वृक्षारोपण गरेको हो । बिद्यालयले बर्ष २०७४ लाई रजत जयन्ति बर्षको रुपमा मनाईरहेको छ । बे न पा ८ स्थित जलेश्वर सामुदायिक बनमा खंनिम, बडहर... पुरा पढ्नुहोस
भोलि प्रधानमन्त्री चयन पक्का, एमालेले संसद नरोक्ने
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी... पुरा पढ्नुहोस
रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी २२ जेठ । बेनीमा सोमबार रेडियो उद्घोषण तथा पत्रकारीता तालीम सम्पन्न भएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था लि. अन्तरगत सञ्चालीत म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा जेठ १५ गतेदेखि तालीम सुरु भएको थियो । सात दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, बागलुङ र पर्वतका २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको... पुरा पढ्नुहोस
घारमा जनप्रतिनिधिहरुलाई सम्मान
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सोमबार जनप्रतिनिधिहरुलाई सम्मान तथा विश्व वातावरण दिवस मनाईएको छ । मुक्तिमार्ग मावि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा आयोजित हाजिरी जबाफ प्रतियोगितामा मुक्तिमार्ग मावि प्रथम र खिबाङ आधारभुत विद्यालय द्धितिय हुन सफल भएका... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाई
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी, २२ जेठ । ४७ औं विश्व वातावरण दिवस तथा १८ औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका २ सय जना विद्यार्थी,शिक्षक र कर्मचारीले म्याग्दी नदी किनार,हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरंजा सडकको... पुरा पढ्नुहोस
लिटल गार्डेनका विद्यार्थीले गरे म्याग्दी–कालिगण्डकी नदीको करिडोर सरसफाई( फोटोफिचर)
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । म्याग्दी सदरमुकाम हुँदै बग्ने पवित्र कालिगण्डकी र म्याग्दी नदीको किनारमा बजारबासीले फालेको फोहोर विद्यार्थीले हटाएका छन् । ४७ औँ विश्व वातावरण दिवसको अबसरमा बेनी स्थिन लिटल गार्डेन एकेडेमिले सोमबार बेनी स्थित कालिगण्डकी नदी र म्याग्दी नदीको किनारमा फालिएको फोहोर सरसफाई गरेका हुन् । बेनी नगरपालिका अगाडीको... पुरा पढ्नुहोस
सरसफाई सप्ताह सुरु, वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी २२ जेठ । म्याग्दीमा सोमबारदेखि १८ औ राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ । यसैगरी सोमबारनै बिभिन्न कार्यक्रम गरेर ४७ औ विश्व वातावरण दिवस मनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र वास पत्रकार मञ्चको आयोजनामा सरसफाई सप्ताहको अवसरमा बेनीको कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरीएको छ... पुरा पढ्नुहोस
विषाक्त खानाको कारण ज्यान गुमाएका गुरुङ परिवारलाई सहयोग जुट्न थाल्यो
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च जुट्न थालेको छ । बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प्रेमको उपचारको लागि अहिलेसम्म ६५ हजार रुपैयाँ... पुरा पढ्नुहोस
बेनीका व्यवसायीलाई अभिमुखीकरण
- 8 बर्ष, 29 दिन अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी २२ जेठ । बेनीका व्यवसायीहरुलाई आईतबार लेखा व्यवस्थापन र कर निती सम्बन्धि अभिमुखीकरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र ग्लोबल टच कन्सल्ट प्रालीको आयोजनामा सम्पन्न कार्यक्रममा ५० जना ब्यवसायीहरुको सभागीता रहेको थियो । स्थानीय उद्योगी, ब्यापारीहरुलाई लेखा व्यवस्थापन सम्बन्धि आधारभुत ज्ञान प्रदान गरी ब्यवसायीलाई सहज रुपमा अघि... पुरा पढ्नुहोस
विषाक्त खानाले बुहारी–नातिको मृत्यु भएपछि बिचल्ली ! क्रिया खर्च समेत छैन देवीकलासँग
- 8 बर्ष, 1 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
बेनी, २१ जेठ । रघुगंगा–८ पात्लेखर्कका ४६ बर्षीया देवीकला गुरुङ तीनदिन यता मरेतुल्य छिन् । राम्रोसँग बोल्नै सक्दिनन् । कहिले मेरा छोरा, कहिले बुहारी त कहिले सानो नातिबाबु भन्दै बर्बराइरन्छिन् । १७ बर्षदेखि जीवनसाथीको अनुपस्थितिमा उनले दुई छोरा प्रेम –पबहादुर) र नन्दलाई हुर्काए, बढाए र पढाए । १७ बर्षअघि बालबच्चा... पुरा पढ्नुहोस