विपद जनसेवा ब्युरो गठन सम्वन्धी अन्तक्रिया सम्पन्न
- ५ भाद्र २०७४, सोमबार
- धिरन खत्री
- 2133 पटक पढिएको
म्याग्दी, ५ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया सम्पन्न भएको छ । जिल्ला देवीप्रकोप उद्वार समिति म्याग्दीले स्थानीय स्तरमा घटेका घटनालाई ब्यवस्थापन गर्ने उद्देश्यले विपद जनसेवा ब्युरो गठन सम्बन्धी अन्तक्रिया गरेको हो ।
अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथ क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले देशमा हुने विभिन्न घटना तथा जोखिमलार्ई न्युनिकरण गर्न जनसेवा ब्युरो गठन प्रक्रियालाई अघि बढाएको जानकारी गराउनुभयो । सबै जिम्मेवारी नगर तथा गाउँपालिकामा भएको हुदाँ सबै मिलेर स्थानीयस्तरमा भएको श्रोतसाधनलाई प्रयोग गरेर अकस्मात हुने विपतलाई ब्यवस्थापनमा सबै एकजुट हुन आग्रह गर्नुभएको थियो । देश तिन तहमा विभाजन भएको हुदाँ सबै तहको अधिकार बराबर हुने त्यही अधिकार प्रयोग गरि जनतालाई सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गनुभएको थियो । कार्यक्रममा जिल्लामा हुने बाढीपहिरोबाट हुने घटनालाई न्युनिकरण गर्न नगर तथा गाउँपालिकाका वडाहरुमा विपद जनसेवा ब्युरो तत्काल गठन गरि पुर्वतयारी रहन सझाव दिुनभएको थियो । कार्यक्रममा उप–क्षेत्रीय प्रशासक गणेशबहादुर अधिकारीले स्थानीस्तरमा घटेका घटना न्यूनिकरण गर्न विपद जनसेवा ब्युरो गठन तथा कार्यान्वयन गराउन सबैको भूमिका बराबर हुने बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बाढीपहिरोबाट जिल्लाबासीलाई पर्न जाने क्षतीलाई न्युनिकरण गर्न नगर तथा गाउँपालिकामा आवश्यक उपकरण पुर्व तयार गर्नुपर्ने र त्यसमा जिल्लाबाट आवश्यक सहयोग हुने बताउनुभएको थियो । त्यस्तै अन्तक्रिया कार्यक्रममा विपद जनसेवा ब्युरो गठनका उद्देश्य, विपद ब्यवस्थापनमा जनप्रतिनिधि तथा समितिको जिम्मेवारीबारे प्रनाउ बसुन्धरा खड्काले जानकारी गराउनुभएको थियो । नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरुले विपत ब्यवस्थापन सम्वन्धि कर्तव्य र अधिकार तथा कानुनमा स्पष्ट नभएको गुनासो राखेको थिए ।
जिल्लामा बाढी तथा पहिरोले नगर तथा गाउँपालिकामा भएको क्षती तथा जनतामा परेको असर र त्यसलाई ब्यवस्थापनमा जनप्रतिनिधिले निर्वाह गरेको भुमिका बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालु, मंगला गाउँपालिकाकी सृजना केसी, अन्नपुर्ण गाउँपालि उपाध्यक्ष केसमाया मगर र अन्नपुर्ण ६ घारका अध्यक्ष कृष्ण बरुवाल लगायतले राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा जिससका राजेन्द्र सापकोटाको संचालनमा भएको अन्तक्रियामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बडा अध्यक्ष,सदस्य , कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l