खेलकुद

बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

  म्याग्दी, २९ भदौ । सदरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्ट प्रतियोगिता सुरु भएको छ। बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र... पुरा पढ्नुहोस

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने... पुरा पढ्नुहोस

छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

बेनी, २४ भदौ । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो ।  अन्तर विद्यालय छात्रा फुटबल... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु

  म्याग्दी, २३ भदौ । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले गुर्नभएको हो । १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता... पुरा पढ्नुहोस

पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदै

पोखरा, १६ भदौ । पोखरामा क्लब स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिकोत्सवको अवसरमा आगामी असोज ९ गतेदेखि १३ गतेसम्म उक्त प्रतियोगिता आयोजना गरिएको हो । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र छन्त्याल ब्रदर्शको सह–आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

स्वाँत, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ ।  स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा बिजेताका लागि रु. एक÷एक लाख पुरस्कारको व्यवस्था गरेको हो । कप, ट्रफी, मेडल र... पुरा पढ्नुहोस

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  म्याग्दी, २ भदौ । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका... पुरा पढ्नुहोस

नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन

  म्याग्दी, २२ साउन । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार सम्पन्न भएको एक भेलाले नेपाल केन्पो काई संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी.को अध्यक्षतामा भएको भेलाबाट नविन पौडेलको अध्यक्षतामा ९ सदस्यीय नेपाल केन्पो काई संघ म्याग्दी तदर्थ समिति गठन गरेको... पुरा पढ्नुहोस

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

  बेनी, २० साउन । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभएको... पुरा पढ्नुहोस

म्याग्दीमा अभ्यास गर्नेे खेलकुद पूर्वाधारको अभाव

  बेनी, १७ साउन । पछिल्लो समयमा म्याग्दीमा खेलाडीहरुले अभ्यास गर्ने खेलकुद पूर्वाधार अभाव छ। जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र संचालन गर्ने पूर्वाधारको अभावले फुटवल, क्रिकेट, भलिवल लगायतको खेलले गति लिन सकेको छैन् । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले... पुरा पढ्नुहोस