विशेष
बेशीका लालिगुराँस (फोटो कथा)
- 7 बर्ष, 2 महिना अगाडि
- २१ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २१ फागुन । चराचुरुङ्गीको सुमधुर चिरबिर संगित । भर्खरै पालुवा पलाउँदै गरेका बोटहरुले दिने मिठास हावा । फागुन महिनाको गर्मिलो याममा जंगल छेउछाउको यात्रा यिनै कारणले रमणीय हुन्छ । त्यसमा पनि लेकमा फुल्ने लालीगुराँसले जंगलनै राताम्मे बन्ने सुरसारमा छ । लेकमा लालिगुराँसले जंगलको जवानी फेरिदा बेशीमा रहेका जंगल पनि... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीबाट रु १२ लाख सहयोग संकलन
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीहरुले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका विरामी व्यक्तिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको रु १ करोड ५० लाख रकमको अक्षयकोषको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा सो रकम... पुरा पढ्नुहोस
धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । धारापानीमा धौलागिरी गाउँपालीकामै पहिलो पटक केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण हुन लागेको हो । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरी गाउँपालीकाले उपभोक्ता समिति मार्फत धारापानीमा विद्युतीकरण गर्न लागेका हुन्... पुरा पढ्नुहोस
आर्चरी प्रतियोगितामा दोभान बिजयी
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह... पुरा पढ्नुहोस
रुईसे भेडीओडारको सुन्दरता
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । म्याग्दीको रघुगंगा गाउपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे भेडिओढार समुद्रि सतहदेखि २५ सय २० मिटर उचाईमा रहेको छ । धौलागिरि,अन्नपुर्ण, निलगिरि, गुर्जा हिमाल, चुरे लगायतका दर्जनौ हिमालको मनमोहक हासोसंगैको सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षिकत गरेको छ । सो क्षेत्र धौलागिरि आईसफल पदमार्ग जाने बाटोपनि पर्दछ । बसन्तऋतुसंगै बनमा... पुरा पढ्नुहोस
एकिकृत सम्पत्ती करको बारेमा वडा वडामा अन्तरक्रिया
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बेनी, २० फागुन । आगामी आर्थिक वर्षदेखि बेनी नगरपालीकामा लागु हुन लागेको एकिकृत सम्पत्ती करको बारेमा वडा स्तरमा अन्तरक्रिया गरिएको छ । सरोकारवालाहरुलाई एकिकृत सम्पत्ती कर को बारेमा जानकारी गराउने, प्रचारप्रसार र सम्पत्ती मूल्याङ्कनको आधारका विषयमा छलफल गर्न वडा तहमा अन्तरक्रियालाई तिब्रता दिइएको हो । यसैक्रममा आइतबार बेनपा ७... पुरा पढ्नुहोस
वेष्ट पोईन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बाबियाचौर, १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर... पुरा पढ्नुहोस
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा
- 7 बर्ष, 2 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बेनी, १९ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको दसौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने वातावरण बनाउन शिक्षा कार्यालय, स्थानीय तह, विद्यालय र व्यवसायीहरुले समन्वय... पुरा पढ्नुहोस
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न
- 7 बर्ष, 2 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस
समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा
- 7 बर्ष, 2 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस