अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग (भिडियाे सहित)

  • ११ श्रावण २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2269 पटक पढिएको

म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण भएका पुन पोखराको गण्डकी बाेडीङ स्कुलमा भर्ना हुनुभएको अध्यक्ष पुनका सहयोगी सुरेन गुरुङले जानकारी दिनुभयो ।

प्रवेश परिक्षा उतिर्ण भएपनि आर्थिक अभावका कारण भर्ना हुनबाट बञ्चित हुने अवस्था आएपछि समस्यामा परेका पुन र उनका अभिभावक सहयोग पाएपछि उत्साहीत भएका छन् । अध्यक्ष पुनले बिहीबार पोखरामा काजल र उनकी दिदीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

https://www.facebook.com/2083545655268101/videos/2225668831055782/UzpfSTEwMDAwMTYxMjg3MTIyODozMDYwNjExMjk0OTk0MTQ6NzU6MDoxNTMzMTA2Nzk5OjIwMzMxMDg0NTE1MjQwNDg0MDE/

दुर्गम गाउँका विपन्न विद्यार्थीलाई प्राबिधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि व्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष पुनले बताउनुभयो । भारतीय गोर्खा सैनीकका सेवा निवृत क्याप्टेन र पर्यटकीय स्थल घोडेपानीमा होटल ब्यवसाय गर्दै आउनुभएका अध्यक्ष पुनले सरकारले दिने तलबभत्ता सामाजिक, शैक्षिक क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको थियो ।
तस्बिरः सुरेन गुृरुङ

सन्तोष गौतम