विशेष

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

म्याग्दी, १७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल, मिठु विक निर्विरोध हुनुभएको निर्वाचन अधिकृत कार्यलयले जनाएको छ । महिला कार्यपालिका सदस्यमा देवकुमारी पुन, गेममाया... पुरा पढ्नुहोस

ज्ञानोदय माविमा ल्यापटप हस्तान्तर तथा पुरस्कार वितरण र जनप्रतिनिधिलाई स्वागत

म्याग्दी १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरि विद्यालयलाई प्राप्त सहयोग सामाग्री हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा र गाउँपालिकाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन समेत गरिएको थियो ।... पुरा पढ्नुहोस

बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न (तस्विर)

बेनी, १६ जेठ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । बेनी... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा आईतबार पनि विद्यालय खोल्ने निर्णय

म्याग्दी, १६ जेठ । मालिका गाउँपालिकामा आईतबार पनि विद्यालयको नियमित पठनपाठन गराउने निर्णय गरेको छ । नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपनि मालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालय साविक रुपमा आईतबारदेखि शुक्रबारसम्म नियमित पठपाठन गराउने निर्णय गरेको हो । मालिका गाउँ... पुरा पढ्नुहोस

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी, १६ जेठ । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका कारण डायलाइसीस र मृगौला प्रत्यारोपणका लागि समस्या परेको हो । २०७८ जेठमा ओमानमा कार्यरत रहँदा दुवै... पुरा पढ्नुहोस

कोबाङको सानुसरेमा दुर्घटना ग्रस्त अवस्थामा तारा एयरको विमान ( तस्वीर)

मुस्ताङ, १६ जेठ ।आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासीको टोलीले मुस्ताङको कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । दुर्घटनामा परेको विमान क्षतविक्षत अवस्थामा छ । आइतबार बिहान ९ः५५ बजे जहाज जोमसोमका लागि उडेको थियो। जहाजमा ३ जना... पुरा पढ्नुहोस

भेटियो हराइरहेको तारा एयरको विमान कोबाङको सानुसरेमा क्षतविक्षत अवस्थामा भेटियो

मुस्ताङ, १६ जेठ । आइतवारदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । स्थानीयबासी र सुरक्षाकर्मीको टोलीले कोबाङको सानुसरे भन्न ठाउँमा विमान दुर्घटना भएर क्षतविक्षत भएको अवस्थामा फेला पारेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार... पुरा पढ्नुहोस

मंगलाको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

म्याग्दी, १५ जेठ। मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । दलित तथा अल्पसंख्यक तर्फ भने... पुरा पढ्नुहोस

आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षका रूपमा मनाइने, किसानलाई पेन्सन दिन कोष

काठमाण्डौ, १५ जेठ । आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्षको रूपमा मनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९÷८० को आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख छ। कृषि क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना अघि सारेको छ। योगदानमा आधारित कृषि पेन्सनको व्यवस्था गरिने भएको छ। किसान पेन्सन... पुरा पढ्नुहोस

धवलागिरीको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी, १५ जेठ । धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले... पुरा पढ्नुहोस