बैशाख १ गते लामो झोलुङ्गे पुल र महादेव माविको भवनको उद्घाटन गरिने

  • ३० चैत्र २०७९, बिहीबार
  • 383 पटक पढिएको

म्याग्दी , ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका-१,बेगखोलामा निर्मित लामो र अग्लो झोलुङ्गे पुल र महादेव माविको पुननिर्मित भवनको नयाँ बर्षको दिन उद्घाटन गरिने भएको छ । बेग र बाँदुक गाउँ जोड्ने लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर पुल बैशाख १ गते विहान र विद्यालय भवनको दिउँसो उद्घाटन कार्यक्रम तय गरिएको महादेव मावि पुननिर्माण समितिको संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो ।

२०७४ चैत्रमा तत्कालिन जिल्ला विकास समितिको बजेट र मुक्तिनाथ÷ श्री गिता जे.भि पोखरा ७ कास्कीबमे ठेक्का सम्झौतामा पुल निर्माण ३ करोड १४ लाख २९ हजार ८५०.६० रुपैया लागतमा सम्पन्न भएको पुलको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १ करोड ५० लाखको लागतमा निर्मित विद्यालय भवनको प्रतिनिधिसभा सदस्य गर्बुजा, प्रदेशसभा सदस्य हरि भण्डारी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी लगायतका अतिथिले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

स्थानीय इन्द्रबहादुर पूर्जा, पदमबहादुर पूर्जा र यामकुमार पुर्जाले २० लाखको लागतमा निर्मिति कम्प्यूटर कक्षको समेत उद्घाटन गरिने छ । बेगखोला घर भई विश्वभर छरिएका बेगखोलाबासीको सक्रियतामा आर्थिक संकलन गरी शैक्षिक तथा भौतिक पूर्वाधारमा खर्च गरिएको छ। उद्घाटन समारोहमा विभिन्न कार्यक्रमहरु समेत तय गरिएको छ । बेगखोलाबासीले सडक, शिक्षा सहित सामाजिक अभियानमा गाउँमा कराडौं खर्च गरेका छन् ।