रेडक्रस भगवती उपशाखाको अध्यक्षमा केसी

  • २७ चैत्र २०७९, सोमबार
  • 241 पटक पढिएको

 

म्याग्दी, २७ चैत । नेपाल रेडक्रस सोसाइटी राखु भगवती उपशाखाको सभापतिमा एकेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ।

रघुगंगा गाउँपालिका– २ राखु भगवती उपशाखाको कार्यालयमा सोमबार भएको १२ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले पुन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।


अधिवेशनले उपशाखाको उपसभापतिमा गीता बरुवाल, सचिवमा सुरेश थापा, कोषाध्यक्षमा रमा पौडेल रिजाल, उपसचिवमा नरेन्द्रबहादुर भण्डारी, उपकोषाध्यक्षमा बालकृष्ण खत्रीलाई चयन हुनुभएको छ।

त्यसैगरी सदस्यमा तप्तबहादुर थापा, रामचन्द्र सुवेदी, टिका बहादुर सेन र सुशाीला कटुवाल चयन भएको भगवती उपशाखाले जानकारी दिएको छ ।