विशेष

म्याग्दी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न,सदस्यहरुलाई १० प्रतिशत लाभाँश प्रदान गर्ने

काठमाण्डाै ८ असाेज ।  राजधानीमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा आज राजधानीको सामाखुशीमा सम्पन्न भएको छ ।  सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नु भएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/७९... पुरा पढ्नुहोस

म्याग्दीमा एम्बुलेन्सको अवस्था : विरामी बोक्ने एम्बुलेन्स नै थन्किए

  म्याग्दी, ८ असोज । विरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्सको उपयुक्त व्यवस्थापन र सञ्चालनको अभाबमा एम्बुलेन्सहरु नै थलिएर थन्काउनुपर्ने अवस्था आएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पताल परिसरमा दुई वटा एम्बुलेन्स अहिले मर्मत सम्भारको अभाबले जिर्ण बनेर थन्किएका छन् । एकातर्फ एम्बुलेन्स नै आफै थलिएर... पुरा पढ्नुहोस

घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी, ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवद्र्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ । कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी... पुरा पढ्नुहोस

जिल्ला कारागारको अनुगमनः कारागारमा दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सास्ती

बेनी ९ असोज : म्याग्दीको जिल्ला कारागारमा दुईबर्षदेखि स्वास्थ्यकर्मीको दरबन्दीमा पदपूर्ति हुन सकेको छैन् । कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि एक जना अहेब स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि बिगत दुई बर्षदेखि पदपूर्ति नहुँदा दिर्घरोगका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कैदीबन्दीलाई सामान्य उपचारका लागि पनि बेनी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको कारागारका चौकीदार... पुरा पढ्नुहोस

मालढुङ्गामा लागु औषध सहित पुनः ५ जना पक्राउ

म्याग्दी ८, असोज । मालढुङ्गामा लागु औषध सहित पुनः ५ जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध सहित उनिहरुलाई... पुरा पढ्नुहोस

अल्लो उद्यमीका रुपमा चिनिएकी नेकसरा

म्याग्दी ७ असोज । संस्कृतमा एउटा उक्ति छ ‘उद्यमेन शिद्धयन्ति कार्याणी वामनोरथै’ अर्थात् उद्यम (परिश्रम) गर्ने मानिसको सम्पूर्ण मनोरथ (चाहना) पूरा हुन्छन् । संस्कृतको यो उक्ति म्याग्दीकी एक महिला उद्यमीले व्यावहारिकरुपमा नै पुष्टि गरेर देखाइ दिनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित मङ्गलाआमा समूहको भवनमा अल्लोको धागोबाट कपडा बुन्दै आउनुभएकी नेकसरा... पुरा पढ्नुहोस

हिमालको फेदीमा जाेखिमसंग जुध्दै भेडापालन (फोटो फिचर)

बेनी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ र ८ को सिमा क्षेत्रमा पर्ने धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा गरिएको भेडापालन । बर्खायाममा हिमालको बुकी क्षेत्रमा पु¥याइएको भेडाहरुले हिमालको हिउँसंग मात्रै होइन पुल नभएकाले खोलानालाहरुमा पनि वारपार गर्न निकै ठुलो संघर्ष गर्नुपर्छ । अहिले हिमालका आधार शिविर क्षेत्रमा पु¥याइएको भेडाहरुलाई... पुरा पढ्नुहोस

एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन

म्याग्दी ७ असोज । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगिता अन्तरगत शनिवार विहानदेखि खेल प्रतियोगिता सञ्चालन हुनेछ । विद्यालयमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले विद्यालय तहमा... पुरा पढ्नुहोस

आहा शिख गाउँ ! हेरौँ तस्विरमा

बेनी, ७ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित शिख गाउँ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको शिख गाउँ पर्यटकीय गाउँ समेत हो । यहाँ मगर समुदायको बाहुल्य बसोबास रहेको छ । बेनी–जोमसोम र पोखरेबगर हुँदै घोरेपानी सडक विस्तारले परम्परागत पदमार्ग सकिएपछि अन्नपूर्ण चक्रिय पदमार्गको परम्परागत पदमार्ग हराउने अवस्थामा पुगेको छ... पुरा पढ्नुहोस

कसले पहिरिएला मुस्ताङ सुन्दरीको ताज ?

मुस्ताङ ७ असोज । थाकखेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा बर्सेनि आयोजना हुने मिस मुस्ताङ प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ ।थाक खेलकुद च्याम्पियनसीप रनिङशील्ड प्रतियोगिता अन्तर्गत मुस्ताङको ताक्लुङ-कुञ्जोमा आयोजित मिस मुस्ताङ २०७९ का लागि थाक खेलकुदमा आवद्ध ८ सुन्दरी मध्ये ५ जनाले टप फाईप यात्रा सुरक्षित गरेका छन् ।... पुरा पढ्नुहोस