बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

  • २४ श्रावण २०८०, बुधबार
  • 331 पटक पढिएको

 

म्याग्दी २४ साउन । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागेर एक जना सवारी चालक घाईते भएका छन् ।
रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक अन्नपूर्ण गाउँपालिका– ७ महभिरका ४० बर्षिय लोक्चन गर्वुजा घाईते भएका छन् ।

बेनीबाट अन्नपूर्ण गाउँपालिका – ७ महभीर जादै गरेको ग १ ज ६८२० नम्वर बोलेरो जीपमा पहिरोबाट खसेको ढुङ्गा लागेको थियो । घाईतेलाई अन्य सवारीचालकले उद्वार गरी उपचारका लागि बेनी अस्पताल ल्याईएको थियो ।

गर्वुजाको बेनी अस्पतालमा उपचार भईरहेको छ। बर्षातपछि निरन्तर खसेको पहिरोले चारदिनदेखि बन्द भएको यो सडक बुधबार आंशिक रुपमा खुलेको थियो ।