बेनीमा तिज गित प्रतियोगिता हुने

  • २४ श्रावण २०८०, बुधबार
  • 361 पटक पढिएको

 

म्याग्दी, २४ साउन । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा बेनीमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ। आगामी भदौ २९ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित जिल्लास्तरिय खुल्ला तिज गित प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु. २२ हजार २२२, १५ हजार ५५५, सातहजार ७७७ र तीनहजार ३३३ पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

प्रतियोगितामा सहभागि हुनेले भदौ २८ गतेसम्म नाम दर्ता गर्न पाउने संघका महासचिव गकुल सँुनारले जानकारी दिनुभयो । तिजका मौलिक भाकाहरु जोगाउने गरि संघले खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ, प्रचार प्रसार तथा आर्थिक सहयोग संकलन कार्य सुरु गरिएको संघका महासचिव गोकुल सुनारले बताउनुभयो ।

प्रतियोगिता संचालनका लागि २ लाख २ हजार रुपैयाँ खर्च हुने अनुमान संघले गरेको छ । प्रतियोगितामा एकल तथा सामुहिक रुपमा सहभागि भएर ४ देखि ६ टुक्का सम्मको मौलिक तिजको भाकामा गाउनुपर्ने हुन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्ष प्रकाश पौडेलले तिजको मौलिकता संरक्षणका लागि पनि संगीतकर्मी संघले आयोजना गरेको प्रतियोगिता सहयोग पुग्ने बताउनुभयो ।

२०७८ सालमा म्याग्दी शाखाको रुपमा स्थापना भएको संघले विगतमा खुल्ला लोक दोहोरी गीत, खुल्ला तिज गीत नृत्य र एकल तिज गीत प्रतियोगिता जस्ता कार्यक्रमहरु गरिसकेको छ ।