विशेष

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

बागलुङ १७ असोज ।  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली... पुरा पढ्नुहोस

तामाखानीको उत्खनन् नहुँदा स्थानीयबासी निरास

कमल खत्री बेनी, १७ असोज । धवलागिरि गाउँपालिका –५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा वि.स. १९०४ मिती उल्लेख भएर बनाइएका तामाका भाँडाकुडा छन् । उहाँका जिजुबाजेहरुले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । छन्त्यालको घरमा उक्त मिती उल्लेख भएका ६ माने पाथी , गाग्री लगायतका तामाका सामाग्री... पुरा पढ्नुहोस

पाँच दलिय गठबन्धनको चियापान, निर्वाचनमा गठबन्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता

https://www.youtube.com/watch?v=qks-QXC0bWc बेनी, १६ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले बेनीमा बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा चियापान गरेका छन् । प्रदेश सभा ख अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय... पुरा पढ्नुहोस

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन, १६ असोज : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म... पुरा पढ्नुहोस

बेनी–भकिम्ली सडक चार महिनापछि सञ्चालन

म्याग्दी १५ असाेज । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ । म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको... पुरा पढ्नुहोस

दसैँसंग जोडिएको पिङको संस्कृति जोगाउँदै युवा पुस्ता

कमल खत्री बेनी, १५ असोज । मंगला गाउँपालिका–५ अर्मनको टिकाबाङ स्थित साहारा युथ क्लबका युवाहरुले दिन लगाएर लिङ्गे पिङ तयार गरेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा परम्परागत रुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने प्रचलन रहेको छ । परम्परागत रुपमा दसैँ तिहारको अवसरमा गाउँमा ‘लिङ्गे पिङ’ बनाउने... पुरा पढ्नुहोस

दसैँलाई सहकारीका खसीबोका

[caption id="attachment_40048" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने... पुरा पढ्नुहोस

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

[caption id="attachment_63161" align="alignnone" width="1500"] फाइल तस्विर ।[/caption] म्याग्दी १३ असाेज । नेपालीको महान चाड बडादसैँ हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दसैँकाे रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको १७ औँ साधारण सभा सम्पन्न

https://www.youtube.com/watch?v=x8w9nmsJmZM   म्याग्दी १३ असोज । भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा विहिवार बेनीमा सम्पन्न भएको छ । बेनीको काटेभण्डारटोलमा मुख्य र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा करिब रु ३ करोड आम्दानी गरेको छ... पुरा पढ्नुहोस

कैदी बन्दीले बनाएको मुडा (तस्बिर)

बेनी, १३ असोज : म्याग्दीको जिल्ला कारागारमा रहेका कैदीबन्दीले बनाएर विक्रिका लागि तयारी अवस्थामा राखेका मोडा । कारागारका कैदीबन्दीले मुडा बुनेर आम्दानी समेत गर्दै आएका छन् । तस्बिर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस