जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

  • २ भाद्र २०८०, शनिबार
  • 437 पटक पढिएको

 

म्याग्दी, २ भदौ । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहेका छन् । संघको सदस्यहरुमा बिबेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटा रहेका छन् । संघको निवर्तमान अध्यक्षमा दिलिप बुढाथोकी रहनुभएको छ।
जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागि रहको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतको उपस्थित रहेको थियो ।