एमालेबाट निर्वाचित पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

  • ३ भाद्र २०८०, आईतवार
  • 409 पटक पढिएको

 

पोखरा, ३ भदौ । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल, केन्द्रिय सचिव दिननाथ शर्मा, हितराज पाण्डे, कोषाध्यक्ष श्रीराम ढकाल, प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली पनि स्वागत कार्यक्रममा सहभागि हुुनुुभएको थियो ।

माओवादीमा प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट वि.स. २०५४ मा तत्कालीन पुलाचौर गाविस हाल बेनी नगरपालिका –५ को गाविस अध्यक्षमा निर्वाचित एमालेका पुर्व जिल्ला सदस्य चन्द्रबहादुर पाईजा, एमाले निकट उत्पीडित जातीय मुक्ति समाजका जिल्ला सदस्य अमर बहादुर थापा (परियार) रहनुुभएको माओवादी केन्द्र बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीले जानकारी दिनुुभयो ।

थापा मंगला गाउँपालिका ५ अर्मन निवासी हुुनुुहुन्छ । यसैगरी नेकपा एकिकृत समाजवादी पार्टी निकट शिक्षक संगठनका म्याग्दी जिल्ला अध्यक्ष एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल प्रेस युनियन म्याग्दीका कोषाध्यक्ष अन्नपूर्ण गाउँपालिका ५ शिखका सुरेन गुुरुङ प्रेस सेन्टर नेपालमा आवद्ध हुुनुुभएको छ ।

माओवादी नेतृत्वको वर्तमान सरकारले शुसासन कायम र जिल्लाका माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुहरुले विकास निर्माणका लागि गरेको पहलकदमीबाट प्रभावित भएर शुसासन र विकासको अभियानलाई साथ दिन माओवादी प्रवेश गरेको पाईजाले बताउनुुभयो ।

प्रशिक्षणलाई सम्बोधन गर्नुुहुदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

श्रेष्ठले संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गर्नुुभयो । उहाँले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिनुुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुुभयो, “हालका उपलब्धिलाई राजनीतिक परिर्वतनको क्षेत्रमा सीमित गरियो भने परिर्वतनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन । जनताको जीवनमा राजनीतिक परिर्वतनले परिर्वतन ल्याउन सक्नुपर्दछ ।”

राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उहाँले बताउनुुभयो ।

वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताउनुुभयो । “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्याउन सरकार लागिपरेको छ”, गृहमन्त्री श्रेष्ठले भन्नुुभयो ।

पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उनले निर्देशनसमेत दिनुुभयो । अभियानका क्रममा नयाँ सदस्यता वितरण, सङ्गठन सुदृढीकरण, सङ्गठन पुन:गठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गर्नुुभयो ।

उहाँले भन्नुुभयो, “जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ ।”