विशेष

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

म्याग्दी।  विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भए ।शैक्षिक सत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विसं २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर... पुरा पढ्नुहोस

म्याग्दीकाे जामुनाखर्कमा व्यावसायिक अरिङ्गालपालन

म्याग्दी ।पाखो बारीको भित्तामा सा-साना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आएका छन् । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिए। राहुवडामा खुर्सानीखेतीका लागि... पुरा पढ्नुहोस

बेनीका रमेश जिसी दुई महिनादेखि विहारबाट सम्पर्क विहिन

  म्याग्दीको बेनी नगरपालिका–८ शिक्षामार्गका ४० बर्षिय रमेश जिसी विगत दुई महिनादेखि भारतको विहारबाट सम्पर्क विहिन हुनुभएको छ । रोजगारको शिलसिलामा रिबाहीब मजप्पपुर कम्पनीमा काम गर्न भारतको विहार स्थित मजप्पपुर सिटी शिक्षामार्ग भगवानपुर भन्ने ठाउँमा जानका लागि बिरगंजबाट प्रस्थान गरेका जिसी त्यसपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छैन् । गत बैशाख ४... पुरा पढ्नुहोस

जलजलाको बजेट ५९ करोड ५४ लाख पारित

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख बजेट पारित

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७१ करोड ८० लाख २७ हजार बजेट पारित गरेको छ । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न १७ औं नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपमेयर ज्योति लामिछानेले पेश गर्नुभएको बजेट छलफल सहित पारित भएको हो । सभामा... पुरा पढ्नुहोस

लायन्स क्लब लभ्लीहिल र लियो क्लबद्धारा ज्ञानोदय माविमा सहयोग

लायन्स क्लव अफ बेनी लभ्लीहिल र लिओ क्लव अफ बेनी लभ्लीहिलले म्याग्दीको रघुगंगा गाउँपालिका – ३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई सहयोग गरेको हो छ । क्लबले विद्यालयका कक्षा ५ सम्मका बालबालिका र दृष्टिविहिन स्रोत कक्षाका गरी कुल ६० जना विद्यार्थीहरूलाईस टिफिन बक्स, स्टेसनरी सामग्रीहरू तथा सरसफाइका सामग्रीहरू वितरण... पुरा पढ्नुहोस

होटल सुविधाले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी  १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकको सख्ंया बढेको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय चहलपहल बढाएको हो ।   नेपालको पर्वतारोहण... पुरा पढ्नुहोस

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित, गुर्जामा सडक पुर्याउने, युवालाई सहुलियत ऋण दिने

९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो... पुरा पढ्नुहोस

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल... पुरा पढ्नुहोस

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी, असार ८- जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा... पुरा पढ्नुहोस