विशेष

उत्पादन बढाउन कृषकलाई भत्ता

बागलुङ, ४ असोज : ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

वडा अध्यक्षले दिए ल्यापटप,वडा सदस्यले दिन थालिन गाउँलेलाई निःशुल्क तालिम

बेनी, ३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने कम्प्युटर तालिममा... पुरा पढ्नुहोस

संविधान दिवसको अवसरमा पाँच दलीय गठबन्धनको दिप प्रज्वलन

बेनी, ३ असोज । संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । बेनीको सहिद स्तम्भ चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् । सो कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस

संविधान दिवसमा म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

म्याग्दी ३ असोज । संविधान दिवस–२०७९ को अवसरमा म्याग्दीका विभिन्न क्षेत्रका पाँच जनाले पदक पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । उक्त घोषणा बमोजिम... पुरा पढ्नुहोस

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट, ३ असोज । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा स¥यो... पुरा पढ्नुहोस

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

मुस्ताङ ३ असाेज । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

म्याग्दी ३ असाेज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । सुत्केरीकाे घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा... पुरा पढ्नुहोस

गुर्जावासीलाई पुर्जा बनाउन समस्या

  म्याग्दी, २ असोज। धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्। गरिब र विपन्न परिवारले सदरमुकामसम्म... पुरा पढ्नुहोस

म्याग्दीमा ८ वटा मतदानस्थल थपियो,८६ हजार १२० मतदाता कायम

म्याग्दी, २ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ वटा नयाँ मतदान स्थल थपिएको छ । जिल्लास्थित राजनीतिक दलहरुको सर्वदलिय बैठकको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले गरेको सिफारिस बमोजिम निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा ८... पुरा पढ्नुहोस

हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)

बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो । दिउँद र बर्षायाम संधै सदाबहार... पुरा पढ्नुहोस