एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई (फोटो फिचर)
- १० आश्विन २०७९, सोमबार
- कमल खत्री
- 1001 पटक पढिएको
म्याग्दी १० असोज । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो ।
पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेको बुद्ध दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा बेनी सामुदायिकले लगातार दुई गोल गर्न सफल भएको थियो । प्रतियोगितामा विजेता बेनी सामुदायिकका खेलाडीहरुलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता बुद्ध एकेडेमिका खेलाडीहरुलाई नगद रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँ, पिन्सीपल मोहन अधिकारी, युवा रेडक्रस सर्कलका सभापति भुमिराज नेपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले बिजेता र उपबिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा बेनी सामुदायिका सुगम पाईजा उत्कृष्ट खेलाडी, सामुदायिककै संस्कार किसान उत्कृष्ट गोलरक्षक, न्यू वेष्ट पोइन्टका रोजन पुन सर्वाधिक गोलकर्ता घोषित हुँदा उत्कृष्ट मिडफिल्डरमा बुद्धका राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डरमा बुद्धकै अरुण शेरपुञ्जा, उत्कृष्ट स्ट्राइकरमा बुद्धकै प्रविन थापा, राइजिङ प्लेयरमा लिटल गार्डेनका उज्वल केसी, अनुशासित टिममा मंगला मावि र उत्कृष्ट प्रशिक्षकमा सामुदायिकका प्रविण श्रेष्ठलाई घोषणा गरि अवार्डद्धारा पुरस्कृत गरिएको विद्यालयका शिक्षक विसाल खत्रीले जानकारी दिनुभयो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l