सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रु १० लाख बढी मृत्युदाबी रकम हस्तान्तरण

  • १० आश्विन २०७९, सोमबार
  • 764 पटक पढिएको

बेनी १० असोज । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मालिका गाउँपालिका–६ दुखीका राजकुमारी रोकाको आफन्तलाई मृत्यु रकम भुक्तानी गरेको छ । रु १० लाखको विमा गर्नुभएकी रोकाले एक पटक मात्रै प्रिमियम बुझाउनुभएको थियो । कम्पनीले रोकाले विमा गर्नुभएको रु १० लाख सहित काजकृया खर्च रु ५० हजार र एक बर्षको बोनस रकम रु ३५ हजार गरि रु १० लाख ८५ हजार मृत्युदावि रकम रोकाको घरपरिवारलाई उपलब्ध गराएको जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी, वडा अध्यक्ष पथबहादुर रोका र कम्पनीका एजेन्सी म्यानेजरहरुले दिवंगत रोकाकी छोरी प्रिति रोकालाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । दिवंगत रोकाका श्रीमानको करिब दुई दशक अघि नै निधन भएको थियो ।

मजदुरी गरि घरपरिवारको जिविकोपाजर्न गर्दै आउनुभएकी राजकुमारीको समेत निधन भएपछि उहाँको घरपरिवारमा आर्थिक आम्दानीको बाटो नै टुटेको छ । रोकाको दुई छोरी र एक छोरा घरका बृद्ध हजुरबुबा र हजुरआमाको आश्रयमा छन् । कार्यक्रममा वडा अध्यक्ष पथबहादुर रोकाले मजदुरी गरि कमाएको रकमबाट जिवन विमा गरेको कारण विमा कम्पनीबाट प्राप्त रकमले पीडित परिवारलाई राहत हुने बताउनुभयो । कम्पनीमा विमा गरेका व्यक्तिको निधन भएपछि मृत्युदावि रकमलाई आवश्यक प्रकृया पुरा गरि घरमै पुगेर उपलब्ध गराइएको शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।